२०८३, कार्तिक १३ गते शुक्रबार

दुई दिनपछि खुल्यो अवरुद्ध राजमार्ग

दुई दिनपछि खुल्यो अवरुद्ध राजमार्ग


  • मेरोभ्यूज
  • माघ २३, २०७८ आइतबार

  • दुई दिनपछि खुल्यो अवरुद्ध राजमार्ग

    डाेटी । बिहीबारदेखिको बाक्लो हिमपातका कारण अवरुद्ध भएका भीमदत्त राजमार्ग तथा पहलमानसिंह स्वाँर राजमार्ग पुनःसञ्चालन भएको छ । बिहीबार रातिदेखि परेको बाक्लो हिमपातका कारण सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जेड्ने भीमदत्त राजमार्ग र सिलगढी साँफे जोड्ने पहलमानसिंह स्वाँर राजमार्ग अवरुद्ध भएका थिए ।

    हिउँ पन्छाएपछि अवरुद्ध राजमार्ग आज साँझादेखि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका सहसूचना अधिकारी तथा प्रहरी निरीक्षक रवीन्द्र चन्दले जानकारी दिए । स्थानीय तहका डोजर, नेपाली सेना तथा प्रहरीले हिउँ पन्छाएपछि राजमार्ग सुचारु भएका हुन् ।

    राजमार्ग सञ्चालन भएपछि दुई दिनदेखि अलपत्र परेका यात्रु र सवारीसाधन आआफ्नो गन्तव्यतर्फ लागेको ट्राफिक प्रहरी पोष्ट बुडरले जनाएको छ । भीमदत्त राजमार्गको साहुँखर्क, हगुल्टे, गैरा, घण्टेश्वर तथा पहलमानसिंह स्वाँर राजमार्गको चौखुट्टेलगायत ठाउँमा बाक्लो हिमपात भएको थियो । 

    Snowfall_Clear_Bus (2).jpg

    Snowfall_Clear_Bus (1).jpg


    प्रकाशित : आइतबार, माघ २३ २०७८०९:११
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार