२०८३, कार्तिक १३ गते शुक्रबार

बाक्लाे हिमपातपछि त्रिभुवन राजपथमा यातायात अवरुद्ध

बाक्लाे हिमपातपछि त्रिभुवन राजपथमा यातायात अवरुद्ध


    माघ २१, २०७८ शुक्रबार

  • बाक्लाे हिमपातपछि त्रिभुवन राजपथमा यातायात अवरुद्ध

    मकवानपुर । गए रातिदेखि परेको अविरल वर्षाका कारण त्रिभुवन राजपथको सिमभञ्ज्ङ र अघोरमा बाक्लो हिउँ पर्नाले आज बिहान २ बजेदेखि हेटौँडा काठमाडौँतर्फको यातायात अवरुद्ध भएको पालुङ इलाका प्रहरी कार्यालयले जनाएको छ ।

    बिहीबार राति परेको हिउँ करिब छ इन्च बाक्लो भएको र पानी परिररहेकाले मौसममा सुधार नआएसम्म हिउँ पन्छाउन कठिनाइ उत्पन भएको थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टले बताए ।

    हेटौँडाबाट काठमाडौँतर्फ प्रस्थान गरेका सवारी त्रिभुवनराजपथको अघोरमा रोकिएको र आज अपराह्नसम्म मौसम सुधार भएमा हिउँ पन्छाएर यातायात सञ्चालन गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

    त्रिभुवन राजपथमा यातायात अवरुद्ध भए पनि पूर्वपश्चिम राजमार्ग र भीमफेदी–कुलेखानीतर्फ यातायात सेवा आज बिहानैदेखि सञ्चालन भइरहेको उनकाे भनाइ छ । अहिले हेटौँडासहित जिल्लाका विभिन्न भागमा चट्याङ परिरहेको पनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।


    प्रकाशित : शुक्रबार, माघ २१ २०७८११:३७
  • शेयर:


  • प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार