२०८३, कार्तिक १३ गते शुक्रबार

श्रममन्त्रीको तलबभत्ता पुर्कोट कालिका क्याम्पसलाई

श्रममन्त्रीको तलबभत्ता पुर्कोट कालिका क्याम्पसलाई


  • मेरोभ्यूज
  • माघ १९, २०७८ बुधबार

  • श्रममन्त्रीको तलबभत्ता पुर्कोट कालिका क्याम्पसलाई

    काठमाडाैं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले आफ्नो तलबभत्तावापतको रकम तनहुँको भानु–९ स्थित पुर्कोट कालिका बहुमुखी क्याम्पसलाई प्रदान गरेका छन् ।

    तनहुँ क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएदेखि नै तलबभत्तावापतको रकम विभिन्न सङ्घसंस्थालाई सहयोग गर्दै आएका मन्त्री श्रेष्ठले पुर्कोट कालिका बहुमुखी क्याम्पसलाई आफ्नो तलबभत्तावापतको रु ५० हजार प्रदान गरेका हुन्।

    उक्त रकम नेकपा (एकीकृत समाजवादी)का स्थानीय कार्यकर्तामार्फत क्याम्पस सञ्चालक समितिका अध्यक्ष दुर्गाबहादर राउतलाई हस्तान्तरण गरिएको छ । मन्त्री श्रेष्ठले गृहजिल्लाका शैक्षिक संस्था, स्थानीय युवा क्लब, आमा समूहलगायत सामाजिक संस्थालाई तलबभत्तावापतको रकम सहयोग गर्दै आएका छन् ।

    उहाँले चुनावमा उम्मेदवार हुँदा नै तलबभत्ता नलिने घोषणा गरेका थिए । यसैबीच मन्त्री श्रेष्ठले तामाङ समुदायको महान् पर्व सोनाम ल्होसारको अवसरमा सम्पूर्णमा शुभकामना व्यक्त गरेका छन् । उनले यस पर्वले सम्पूर्ण नेपालीमा बन्धुत्व र एकताको भावना बढाई आर्थिक तथा सामाजिक रुपान्तरणका लागि सबैलाई प्रेरणा प्रदान गरोस् भनी कामना गरेका छन् । 


    प्रकाशित : बुधबार, माघ १९ २०७८०९:४७
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार