काठमाडौं । नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य वृद्धि गरेको छ । आज राति १२ बजेदेखि लागू हुने गरी निगमले डिजेल, पेट्रोल र मट्टितेलमा प्रतिलिटर रू ३ वृद्धि गरेकाे हाे ।
मूल्य बढेसँगै डिजेल र मट्टितेल प्रतिलिटर रु १२५ तथा पेट्रोल प्रतिलिटर रु १४२ पुगेको छ । पेट्रोलको मूल्य अहिलेसम्मकै उच्च हो । यसअघि २०७१ सालमा पेट्रोलको मूल्य १४० रुपैयाँ प्रतिलिटर थियो । एलपी ग्यासको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ ।
निगमले आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर रु १० ले वृद्धि गरी प्रतिलिटर रु ११६ पुर्याएको छ । त्यस्तै अन्तर्राष्ट्रिय तर्फको हवाई इन्धनको मूल्य पनि प्रतिकिलोलिटर रु १०० अमेरिकी डलरले वृद्धि गरी एक हजार ९५ अमेरिकी डलर पुर्याइएको छ ।


