२०८३, कार्तिक १३ गते शुक्रबार

बागमती प्रदेश लाेकसेवा आयाेगकाे सूचना सच्याउन भेटेरिनरी एसोसिएसनको माग

बागमती प्रदेश लाेकसेवा आयाेगकाे सूचना सच्याउन भेटेरिनरी एसोसिएसनको माग


  • मेरोभ्यूज
  • माघ १७, २०७८ सोमबार

  • बागमती प्रदेश लाेकसेवा आयाेगकाे सूचना सच्याउन भेटेरिनरी एसोसिएसनको माग

    काठमाडाैं । नेपाल भेटेरिनरी एसोसिएसनले बागमती प्रदेश लोकसेवा आयोगले पशु चिकित्सकतर्फको छैटौँ तहको पदपूर्तिका निम्ति एक तहमाथिको न्यूनतम शैक्षिक योग्यता राखी पशु चिकित्साशास्त्रमा स्नातकको उपाधि प्राप्त गरेको सूचना प्रकाशित गरेकामा विरोध जनाएको छ ।

    आयोगले यही माघ १० गते प्रदेशका विभिन्न सातवटा स्थानीय तहमा स्थायी पदपूर्तिका लागि गरिएको पदपूर्तिको सूचनामा योग्यता बढाइएकामा एसोसिएसनले गुनासो गरेको छ । एसोसिएसनका अध्यक्ष शीतलकाजी श्रेष्ठले आज जारी गरेकाे विज्ञप्तिमा योग्यता सच्याउन आग्रह गरिएको छ ।

    ती पदमा कम्तीमा सातौँ तह कायम गरी योग्यता सच्याउन सङ्गठनकाे आग्रह छ । स्थानीय तहहरूमा रहने कृषि सेवाको भेटेरिनरी समूहका पदहरू र कर्मचारी सख्या सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट दरबन्दी तेरिजमा व्यवस्था भएकामा पशु चिकित्सकको दरबन्दी सातौँ र आठाैं हुने प्रस्टसँग उल्लेख रहेको स्पष्ट पारिएको छ ।

    एसोसिएसनले गत वर्ष यसैगरी प्रकाशित विज्ञापनबारे २०७७ साल माघ १४ गते बागमती प्रदेश लोकसेवा आयोगमा अनुरोध गर्दै उक्त पदहरूलाई कम्तीमा सातौँ तह कायम गरी योग्यता सच्याउन अनुरोध गरिएको र सर्वाेच्च अदालतमा उक्त विषयकै मुद्दा विचाराधीन छ । 

    Vet.jpg

    vet1.jpg

     


    प्रकाशित : सोमबार, माघ १७ २०७८०७:१५
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार