२०८३, कार्तिक १३ गते शुक्रबार

थप तीन हजार ५४० मा सङ्क्रमण पुष्टि, २० काे मृत्यु

थप तीन हजार ५४० मा सङ्क्रमण पुष्टि, २० काे मृत्यु


  • मेरोभ्यूज
  • माघ १६, २०७८ आइतबार

  • थप तीन हजार ५४० मा सङ्क्रमण पुष्टि, २० काे मृत्यु

    काठमाडाैं । पछिल्लो २४ घण्टामा थप तीन हजार ५४० जनामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका नौ हजार ९१० जनाको पिसिआर परीक्षण गर्दा तीन हजार ४९ र तीन हजार २३५ जनामा र दुई हजार ८८३ एन्टिजेन परीक्षण गर्दा ४९१ जना गरी कूल तीन हजार ५४० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

    हाल देशैभरि ८३ हजार ९९९ सक्रिय सङ्क्रमित छन् भने ६ हजार ३५९ जना सङ्क्रमणमुक्त भएका छन् । त्यसैगरी यही माघ १३ देखि आजसम्म सङ्क्रमणबाट थप ३२ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मृत्यु हुने र यसअघिको तथ्याङ्कमा छुटेकासमेत गरी मृतकको सङ्ख्या ३२ पुगेको मन्त्रालयको भनाइ छ ।

    मन्त्रालयका अनुसार वीरेन्द्र सैनिक अस्पतालबाट आइतबारसम्म १२ जनाको मृत्यु भएको र माघ १३ देखि १६ गतेसम्म विभिन्न अस्पतालमा २० जनाको मृत्यु भएको हो । 


    प्रकाशित : आइतबार, माघ १६ २०७८०६:५०
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार