२०८३, कार्तिक १८ गते बुधबार

राष्ट्रगुरु योगी नरहरिनाथको नाममा ‘अनुसन्धान तथा नवप्रवर्तन केन्द्र’ स्थापना गरिने

राष्ट्रगुरु योगी नरहरिनाथको नाममा ‘अनुसन्धान तथा नवप्रवर्तन केन्द्र’ स्थापना गरिने


  • मेरोभ्यूज
  • कार्तिक १७, २०८३ मंगलबार

  • राष्ट्रगुरु योगी नरहरिनाथको नाममा ‘अनुसन्धान तथा नवप्रवर्तन केन्द्र’ स्थापना गरिने

     

    काठमाडौँ । नेपाल संस्कृत विश्वविद्यालयले संस्कृत वाङ्मयको विशिष्ट केन्द्रका रूपमा विश्वविद्यालयलाई स्थापित गर्न र अनुसन्धान तथा नवप्रवर्तनका कार्यहरूलाई प्रभावकारी ढङ्गले अगाडि बढाउन ‘राष्ट्रगुरु योगी नरहरिनाथ अनुसन्धान तथा नवप्रवर्तन केन्द्र’ स्थापना गर्ने भएको छ ।  

    हालै सम्पन्न विश्वविद्यालयको सिनेट बैठकले यस सम्बन्धी प्रस्तावलाई औपचारिकरूपमा अगाडि बढाउने निर्णय गरेको हो ।

    विश्वविद्यालयका संस्थापक राष्ट्रगुरु योगी नरहरिनाथको योगदानको सम्मान तथा प्राज्ञिक क्षेत्रमा अनुसन्धानलाई तीव्रता दिने उद्देश्यले उक्त केन्द्र स्थापना गर्न लागिएको बताइएको छ । 

    यसैगरी, विश्वविद्यालयको अर्को महत्त्वपूर्ण अङ्गका रूपमा रहेको आयुर्वेद अध्ययन संस्थान र यसअन्तर्गतका निकायमार्फत सामुदायिक स्वास्थ्य क्लिनिक, स्वास्थ्ययोजना, जडीबुटी प्रशोधन तथा जनस्तरमा स्वास्थ्य र आहार-विहारसम्बन्धी चेतनामूलक कार्यक्रमहरूसमेत सञ्चालन गरिने योजना अगाडि सारिएको छ ।


    प्रकाशित : मंगलबार, कार्तिक १७ २०८३१०:२९
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार