२०८३, कार्तिक १३ गते शुक्रबार

गण्डकी प्रदेशमै उत्कृष्ट बन्यो गलकोट नगर अस्पताल

गण्डकी प्रदेशमै उत्कृष्ट बन्यो गलकोट नगर अस्पताल


  • मेरोभ्यूज
  • श्रावण ३१, २०८३ आइतबार

  • गण्डकी प्रदेशमै उत्कृष्ट बन्यो गलकोट नगर अस्पताल

     

    बागलुङ । बागलुङको गलकोट नगर अस्पताल न्यूनतम सेवा मापदण्ड सूचकमा गण्डकी प्रदेशमै उत्कृष्ट घोषित भएको छ ।

    न्यूनतम सेवा मापदण्ड सूचक (एमएसएस) मूल्याङ्कनमा पालिकास्तरका अस्पतालहरूमध्ये सबैभन्दा बढी अङ्क प्राप्त गरेको हो ।

    गण्डकी प्रदेशभरिका स्थानीय तहबाट सञ्चालित आधारभूत अस्पतालहरूमध्ये गण्डकी प्रदेशमै ७१ प्रतिशत अङ्क प्राप्त गरी प्रथम स्थान हासिल गरेको अस्पतालका प्रमुख डा. राजेश पौडेलले बताए ।

    सुशासन तथा व्यवस्थापन, क्लिनिकल सेवा व्यवस्थापन, स्वास्थ्य संस्था सहयोग व्यवस्थापनलगायत विभिन्न सूचकका आधारमा गरिएको मूल्याङ्कनमा अस्पतालले कुल ७१ प्रतिशत प्राप्ताङ्क हासिल गरेको उनले जानकारी दिए ।

    अस्पतालको जग्गा व्यवस्थापन, भवन, फोहोर व्यवस्थापन, अस्पतालको सेवा सुविधालगायतका विवरण अनुसार अस्पतालले सेवा प्रवाह, संस्थागत व्यवस्थापन र स्वास्थ्य सेवाको गुणस्तर सुधारमा उल्लेखनीय प्रगति हासिल गरेको छ ।

    स्थानीय तहको स्वास्थ्य प्रणालीलाई थप प्रभावकारी र सेवामुखी बनाउन अस्पतालले गरेको निरन्तर सुधारका प्रयासले यो नतिजा ल्याएको र यसले थप हौसला प्रदान गरेको डा. पौडेलको भनाइ छ ।

    अस्पताल प्रशासनले आगामी दिनमा सेवा प्रवाहलाई अझ प्रभावकारी, उत्तरदायी र नागरिकमैत्री बनाउँदै डा. पौडेलको उपलब्धिलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै गलकोट नगरपालिकाको पनि सहयोग रहेको उल्लेख गरे ।


    प्रकाशित : आइतबार, श्रावण ३१ २०८३१०:१५
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार