२०८३, कार्तिक १३ गते शुक्रबार

व्यावसायिक मौरीपालन

व्यावसायिक मौरीपालन


  • मेरोभ्यूज
  • श्रावण २५, २०८३ सोमबार

  • व्यावसायिक मौरीपालन

     

    स्याङ्जा । मानिसहरू शहर केन्द्रित हुँदै गएका बेला चापाकोट नगरपालिका–१० कालीडाँडाका ५६ वर्षका रोमकान्त रेग्मी भने आफ्नै पैतृक थलोमा फर्की व्यावसायिक मौरीपालनमा लागेका छन् । उनि झन्डै १९ वर्ष विदेश बसेका थिए ।

    उनले ‘रेग्मी बहुउद्देश्यीय कृषि फर्म’ दर्ता गरी मौरीपालन व्यवसाय शुरु गरेका छन् । रेग्मीको फर्ममा एक सय ५० घार मौरी पुगेका छन् ।

    रेग्मीले प्रतिगोला रु. आठ सयका दरले माहुरी बिक्री गर्छन् । यस वर्ष उनले रु. आठ लाख आम्दानी गरेका छन् ।

    “मैले मौरीको गोला मात्रै प्रतिफ्रेम रु. आठ सयका दरले बिक्री गर्दै आएको छु”, उनले भने, “ग्राहकले आफ्नै घार ल्याउँछन्, मैले उक्त घारमा पाँच फ्रेमका दरले मौरी उपलब्ध गराउँछु ।”

    “मैले महभन्दा पनि मौरीका कीराकै बिक्रीलाई प्राथमिकता दिएको छु”, उनले भने, “एक वर्षमा झण्डै दुई सय भन्दा बढी घार बिक्री हुने गरेको छ ।” उनले एक घारमा पाँच फ्रेम मौरी राखेर रु. चार हजारमा बिक्री गर्दै आएका छन् ।

    चापाकोट नगरपालिकाले रेग्मीलाई मौरीपालनका लागि रु. एक लाख अनुदानसमेत उपलब्ध गराएको छ ।


    प्रकाशित : सोमबार, श्रावण २५ २०८३०९:५५
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार