दाङ । पश्चिम दाङको दङ्गीशरण गाउँपालिकाले किसानलाई आधुनिक खेती प्रणालीतर्फ आत्मनिर्भर बनाउने उद्देश्यले ५० प्रतिशत अनुदानमा कृषि उपकरण वितरण गरेको छ ।
रु. २६ लाख २२ हजार दुई सय १४ बराबरका कृषि उपकरण किसानलाई वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कर्णबहादुर नेपालीले जानकारी दिए ।
गाउँपालिकाका अनुसार आर्थिक वर्ष २०८३/०८४ को स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत कृषि शाखाबाट रु. छ लाख र हेफर नामक गैरसरकारी संस्थाबाट रु. दस लाख गरी जम्मा रु. १६ लाख र किसानका तर्फबाट रु. १६ लाख जम्मा भइ बोलपत्र प्रक्रियामार्फत अनुदानमा कृषि उपकरण वितरण गरिएको हो ।
मिनीट्रिलर २०, रिपर ५, चापकटर ११ र पानी तान्ने पम्प १८ वटा ५५ जना किसानलाई अनुदानमा वितरण गरिएको छ ।

