२०८३, कार्तिक १४ गते शनिबार

बाटुली पोखरीमा तीन प्रजाति जलचरका ४४० गुँड

बाटुली पोखरीमा तीन प्रजाति जलचरका ४४० गुँड


  • मेरोभ्यूज
  • श्रावण १९, २०८३ मंगलबार

  • बाटुली पोखरीमा तीन प्रजाति जलचरका ४४० गुँड

     

    चितवन । यहाँको बाटुली पोखरी मध्यवर्ती सामुदायिक वनअन्तर्गतको बाटुली पोखरी र कुमाल तालमा जलचर प्रजातीका चराको गुँड गणना गरिएको छ ।

    गणनाका क्रममा बाटुली पोखरीमा ४४० वटा र कुमाल तालमा १५ वटा गुढ भेटिएका छन् ।

    नेपाल पन्छीविद् सङ्घ बागमती प्रदेशका संयोजक वासु बिडारीका अनुसार बाटुली पोखरीमा डाटर जातका पाँच वटा, स्वेतकण्ठ गरुडका दुई वटा र घुँङ्गीफोर गरुडका ४३३ गुँड भेटिएको छ ।

    यस्तै कुमाल तालमा भेटिएका सबै गुढ घुँङ्गीफोर गरुडको रहेका छन् ।

    उनका अनुसार पाटुली पोखरीमा पानीको सतह भन्दा तीन मिटरमाथि देखि ३० मिटर माथिसम्म गुँडहरु अवस्थामा भेटिएको हो ।

    उनले भने, “बाटुली पोखरीमा रहेका ९७ वटा रुखमा गरिएको गुँड गणनामा ती गुँड देखिएका हुन् ।”

    भरतपुर महानगरपालिका–१३ स्थित बाटुली पोखरीमा गुँड गणनाका लागि वर्ड एजुकेसन सोसाइटी, नेपाल पन्छीविद् सङ्घ र नेचर गाइड एसोसियसनका ४२ जना परिचालन गरिएको थियो ।

    पोखरीलाई चार ब्लकमा बिभाजन गरेर गुँड गणना गरिएको उनले जानकारी दिए । एउटा व्लकमा १० देखि १२ जनाका दरले परिचालन गरी शनिबार गणना गरिएको हो ।

    पोखरीमा ४३३ वटा गुँड फेला परेपछि पोखरी गरूड प्रजातिको महत्त्वपूर्ण प्रजननस्थलका रुपमा पुष्टि गरिएको उनले बताए ।

    बाटुली पोखरी बरन्डाभार जैविक मार्ग, चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र तथा अन्तरराष्ट्रिय महत्वको बिसहजारी तथा आसपासका तालहरु (रामसार क्षेत्र) अन्तर्गत पर्दछन् ।

    घुँङ्गीफोर बचेरा कोरल्ने समयमा एकै स्थानमा जम्मा भएर सामूहिक रुपमा बच्चा कोरलेर हुर्काउने गर्दछन् ।

    बाटुलीपोखरीमा विगत चार वर्षदेखि यी चराहरुले गुँड लगाएर बच्चा हुर्काउँदै आएको उनले बताए । नेपालमा ९०२ प्रजातिका चरा पाइने गरेकामा चितवनमा ६६७ प्रजाति रहेको तथ्याङ्क छ ।

    -----


    प्रकाशित : मंगलबार, श्रावण १९ २०८३१०:५४
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार