२०८३, कार्तिक १४ गते शनिबार

अलैँची, चिया र किबीमा व्यावसायिक बन्दै

अलैँची, चिया र किबीमा व्यावसायिक बन्दै


  • मेरोभ्यूज
  • श्रावण १५, २०८३ शुक्रबार

  • अलैँची, चिया र किबीमा व्यावसायिक बन्दै

     

    इलाम । स्थानीय तुलसी पिठाकोटेले बहुखेती प्रणालीमार्फत मनग्ये आम्दानी गरेका छन् ।

    फाकफोकथुम गाउँपालिका–५ का युवा उद्यमी पिठाकोटेले २५ रोपनीमा अलैँची, नौँ रोपनीमा चिया र सात रोपनीमा किबी खेती गरी सन्तोषजनक आम्दानी गरेका हुन् ।

    उनको खडकुडे बहुउद्देश्यीय कृषि फार्मबाट वार्षिक करिब ३५ क्वीन्टल किबी, १५ मन अलैँची र एक हजार किलोग्राम चिया उत्पादन हुन्छ । “कृषि कर्ममा डटेर लागेपछि भविष्य बन्यो”, पिठाकोटेले भने, “कृषिमा बगाएको पसिनाले सपना पनि फल्दो रहेछ ।” उनले वार्षिक रु २० लाख बचत र फर्ममा १५ जनालाई रोजगारी प्रदान गरेका छन् ।

    भविष्यमा किबीबाट जुस, जाम र वाइन उत्पादन गरी मूल्य अभिवृद्धि गर्ने तथा अलैँचीलाई आधुनिक भट्टीमार्फत प्रशोधन गर्ने उनको योजना छ । “किबी भण्डारण गर्ने ठाउँ छैन । अलैँची आधुनिक भट्टी बनाएर प्रशोधन गर्नुछ । पूर्वाधारको समस्याले सकिरहेको छैन”, उनले भने ।

    कृषि कर्ममा लागेवापत उनलाई पालिकाले ५० प्रतिशत अनुदानमा कृषि उपकरण उपलब्ध गराएको गाउँपालिका अध्यक्ष दीपेन्द्र खनालले बताए ।

    -----


    प्रकाशित : शुक्रबार, श्रावण १५ २०८३१०:१४
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार