२०८३, कार्तिक १४ गते शनिबार

सडक चौपायाको व्यवस्थापनमा पोखरा महानगरको सक्रियता

सडक चौपायाको व्यवस्थापनमा पोखरा महानगरको सक्रियता


  • मेरोभ्यूज
  • श्रावण १५, २०८३ शुक्रबार

  • सडक चौपायाको व्यवस्थापनमा पोखरा महानगरको सक्रियता

     

    गण्डकी । सडकमा छाडा छोडिएका ३२० चौपायाको व्यवस्थापन गरिएको छ । पोखरा महानगरपालिकाले बेवारिसे अवस्थामा स्वतन्त्र छोडिएका जनावरको उचित संरक्षण गरेको हो ।

    सडक दुर्घटना हुनबाट जोगाउन जनावरलाई ‘पुष्करणी परोपकार गोकुलधाम’ (गौशाला) मार्फत हेरचाह गरिएको छ । प्राप्त दूध र कम्पोष्ट मल बिक्री गरी गोकुलधामले रचनात्मक काम सुरु गरेको छ ।

    महानगरको जनावर उद्धार वाहनमार्फत चौपायालाई पोखरा–१४ बाच्छिवुडुवामा पुर्‍याइएको नगर प्रहरी निरीक्षक पुरुषोत्तम थापाले जानकारी दिए । उनले भने, “सडकमा बेवारिसे भेटिएका चौपायालाई उद्धार गरी गौशालासम्म पुर्‍याउने गरेका छौँ ।”

    गाईगोरुको संरक्षण भएसँगै उक्त ठाउँ गोकुलधामका रूपमा चिनिन थालेको छ । गौशालामा गाई, गोरु र बाच्छाबाच्छी गरी ३२० भन्दा बढी चौपाया छन् । गौशाला सञ्चालनका लागि महानगरले बर्सेनि आर्थिक सहयोग दिँदै आएको छ ।

    -----


    प्रकाशित : शुक्रबार, श्रावण १५ २०८३१०:११
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार