२०८३, कार्तिक १४ गते शनिबार

सावाखोलामा पक्की पुल निर्माण

सावाखोलामा पक्की पुल निर्माण


  • मेरोभ्यूज
  • श्रावण १३, २०८३ बुधबार

  • सावाखोलामा पक्की पुल निर्माण

     

    खोटाङ । सावाखोलामा रु ३ करोड ७ लाख ७३ हजार ५९८ को लागतमा मोटरकार लगायत सवारी साधन सञ्चालन गर्न मिल्ने पक्की पुल निर्माण भएको छ ।

    निर्माण सम्पन्न भएसँगै पुल सञ्चालनमा पनि आएको छ । सङ्घीय सरकारको पूरक अनुदानमा निर्मित पुलमा सवारी साधन सञ्चालनको अनुमति दिइएको हो ।

    पक्की पुल निर्माण भएसँगै खोटाङ–पाप्माखाम भञ्ज्याङ सडकमा बाह्रै महिना यातायातका साधन सञ्चालन गर्न सहज भएको छ । यो पुल २० दशमलव ९० मिटर लामो छ ।

    यसैबीच, २०७५ सालमा ट्र्याक खोलिएको ३३ किलोमिटर खोटाङबजार–पाप्माखाम भञ्ज्याङ सडक स्तरोन्नति भइरहेको छ । यसका लागि कोशी प्रदेश सरकारले रु दुई करोड विनियोजन गरेको भौतिक पूर्वाधार मन्त्रालयले जनाएको छ ।

    -----


    प्रकाशित : बुधबार, श्रावण १३ २०८३१०:११
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार