२०८३, कार्तिक १४ गते शनिबार

‘सिग्नेचर ब्रिज’ निर्माण अन्तिम चरणमा

‘सिग्नेचर ब्रिज’ निर्माण अन्तिम चरणमा


  • मेरोभ्यूज
  • श्रावण ११, २०८३ सोमबार

  • ‘सिग्नेचर ब्रिज’ निर्माण अन्तिम चरणमा

     

    पाल्पा । पाल्पा र स्याङ्जाको सङ्गमस्थल राम्दीस्थित कालीगण्डकी नदीमाथिको ‘सिग्नेचर ब्रिज’ निर्माण अन्तिम चरणमा पुगेको छ ।

    गण्डकी र लुम्बिनी प्रदेश जोड्ने गरी सिद्धार्थ राजमार्गअन्तर्गत निर्माण गरिएको पुलको काम हालसम्म ९५ प्रतिशत सकिएको पुल सेक्टर पोखराका आयोजना प्रमुख सिडिई कृष्णराज अधिकारीले बताए ।

    वि.सं. २०२८ मा बनेको ‘स्टिल ट्रस’ पुल जीर्ण हुँदै गएपछि नयाँ प्रविधिको ‘सिग्नेचर ब्रिज’ निर्माण गरिएको हो । हाल सञ्चालनमा रहेको ९३ मिटर लामो स्टिल पुलभन्दा केही तल १२३ मिटर लामो आधुनिक सिग्नेचर पुल निर्माण भइरहेको छ ।

    पैदलयात्रका लागि फुटपाथसहित ११ मिटर चौडाइ रहने र ४० टन भारवहन क्षमता हुने पुल सडक विभागअन्तर्गत पुल महाशाखाले सर्वेक्षण गरी अघि बढाइएको ‘सिएएफएसआरआई स्टिल ट्युब आर्क’ प्रविधिमा निर्माण भइरहेको छ ।

    वि.सं. २०८२ असार मसान्तभित्र निर्माण सम्पन्न गर्ने गरी हिम सगरमाथा कन्स्ट्रक्सन प्रा.लि.सँग २०७९ असार ३० गते पुल निर्माणको ठेक्का सम्झौता भएको थियो ।

    करिब रु २७ करोड ७१ लाख ९ हजार लागतमा निर्माण सम्झौता गरिएको १२० मिटर लम्बाइको पुलमा पछि तीन मिटर थप गरिएको आयोजना प्रमुख अधिकारीले बताए ।

    ठूला भारवहन क्षमताका सवारीसाधन राम्दीको हालको पुलमा सञ्चालन हुन नसक्दा मालसामान ढुवानीमा कठिनाइ भएको थियो । नयाँ पुल निर्माणको काम अन्तिम चरणमा पुगेसँगै सामान ढुवानीकर्ता, उद्योगी, व्यापारी तथा उपभोक्ता खुसी भएको पाइएको छ । राम्दी क्षेत्र आफैँमा व्यापारिक, धार्मिक तथा सांस्कृतिक दृष्टिले महत्त्वपूर्ण मानिन्छ ।

    -----


    प्रकाशित : सोमबार, श्रावण ११ २०८३०९:११
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार