२०८३, कार्तिक १४ गते शनिबार

सागम र लप्से गाउँमा खानेपानीको पहुँच

सागम र लप्से गाउँमा खानेपानीको पहुँच


  • मेरोभ्यूज
  • श्रावण ५, २०८३ मंगलबार

  • सागम र लप्से गाउँमा खानेपानीको पहुँच

     

    भोजपुर । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरअन्तर्गत सङ्खुवासभामा पेले खोल्सी खानेपानी आयोजनामार्फत २६ घरमा एक-एक धारा जडान भएको छ ।

    यो योजनाबाट सङ्खुवासभाको खाँदबारी नगरपालिकामा पर्ने सागम र लप्से गाउँको पानीको समस्या हटेको हो । तीन स्किममा निर्माण भइरहेको आयोजनाको पहिलो ‘स्किम’को काम सम्पन्न भएसँगै २६ घरमा पानीको सुविधा पुगेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले जनाएको छ ।

    गत वर्षबाट यो आयोजना निर्माणको काम थालिएको हो । यो आयोजनाको कूल अनुमानित लागत श्रमदानसहित रु ६ करोड ८९ लाख रहेको कार्यालयका सब-इन्जिनियर बेदराज बराइलीले जानकारी दिए ।

    पानीको चरम अभाव रहेको यो स्थानमा घरघरमा धारा जडान गरिएपछि सहजता भएको खाँदबारी नगरपालिका–६ का वडाध्यक्ष अर्जुन तामाङले बताए । बाँकी रहेका स्किमको पनि काम समयमा सम्पन्न गराउन वडाले आवश्यक भूमिका खेलिरहेको उनको भनाइ छ ।

    आयोजनाका लागि वार्षिक रूपमा आउने बजेट न्यून भएको कारण योजनालाई चाँडो सम्पन्न गराउन समस्या देखिएको निर्माण उपभोक्ता समितिका अध्यक्ष दुर्गादत्त भण्डारीले बताए । स्थानीयलाई चाँडो पानी खुवाउन यहाँ आउने बजेट सरकारले बढाउन आवश्यक रहेको उनको भनाइ छ ।

    पहिलो स्किमबाट पानी वितरण थालिएपछि सहजता भएको स्थानीयवासी टेकबहादुर बगाले मगरले बताए । घरमा धारा जडान भएपछि पानीको जोहो गर्न आधारभूत रूपमा कुँवा तथा पँधेरा जानुपर्ने बाध्यता हटेको उनको भनाइ छ ।

    पानी वितरण भएपछि दैनिक सरसफाइदेखि घरायसी कामकाजमा सहज भएको स्थानीयवासी तारामाया राईले बताए । घरघरमा पानी जडान भएपछि वर्षौंदेखिको पानीको समस्या अन्त्य भएको उनको भनाइ छ ।

    -----


    प्रकाशित : मंगलबार, श्रावण ५ २०८३०९:५४
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार