२०८३, कार्तिक १४ गते शनिबार

लामाखेतमा बस्ती संरक्षण योजना निर्माण

लामाखेतमा बस्ती संरक्षण योजना निर्माण


  • मेरोभ्यूज
  • आषाढ १८, २०८३ बिहीबार

  • लामाखेतमा बस्ती संरक्षण योजना निर्माण

     

    म्याग्दी । जिल्ला सदरमुकाम बेनीबजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकाको केन्द्र लामाखेतमा बाढी र पहिरोबाट बस्ती संरक्षण गर्ने योजना निर्माण भएको छ ।

    लामाखेतस्थित जलजला गाउँपालिकाको कार्यालय, बस्ती र सार्वजनिक सम्पत्तिलाई कालीगण्डकीमा आउने बाढी तथा कटानबाट बचाउनका लागि सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय पोखराले योजना निर्माण गरेको हो ।

    कुश्मा नगरपालिका-४ स्थित अर्मादी र जलजला गाउँपालिकाको लामाखेतमा १२९ मिटर लामो ‘कम्पोजिट’ प्रविधिको पर्खाल निर्माणका लागि रु ४ करोड ८३ लाख १० हजार ५६८ लागत अनुमान गरेर ठेक्का आह्वान भएको आयोजना कार्यालयका इन्जिनियर नरजङ गुरुङले जानकारी दिए ।

    उनका अनुसार वि.सं. २०८२ असारमा रु २ करोड ९६ लाख ३४ हजार ८३७ मा नकुल-बिआरटी-शाय जेभीले ठेक्का सम्झौता गरेको छ ।

    इन्जिनियर गुरुङले भुइँमा चार मिटर चौडाइ भएको तीन मिटर अग्लो कङ्क्रिट र त्यसमाथि ग्याभियन लगाएर ‘कम्पोजिट’ प्रविधिको पर्खाल निर्माण हुने बताए ।

    उनका अनुसार कार्यालयमार्फत बेनीसहित म्याग्दी र कालीगण्डकी नदी कटानका कारण जोखिममा परेका बजार तथा बस्ती संरक्षणका लागि म्याग्दी, पर्वत र मुस्ताङका गरी छ वटा बहुवर्षीय नदी नियन्त्रण तथा बस्ती संरक्षण योजना निर्माणाधीन छन् ।

    -----


    प्रकाशित : बिहीबार , आषाढ १८ २०८३१०:२८
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार