२०८३, कार्तिक १४ गते शनिबार

स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनीको २६औँ वार्षिक साधारण सभा सम्पन्न, नयाँ सञ्चालक समिति चयन

स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनीको २६औँ वार्षिक साधारण सभा सम्पन्न, नयाँ सञ्चालक समिति चयन


  • मेरोभ्यूज
  • आषाढ ९, २०८३ मंगलबार

  • Spark Hydro 9a .jpg

    काठमाडौं । स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनी लिमिटेडको २६औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

    नक्साल, काठमाडौँमा सोमबार कम्पनीका अध्यक्ष सुदिपकुमार चौधरीको सभापतित्वमा सम्पन्न सो साधारण सभाले सञ्चालक समितिद्वारा प्रस्तुत आ.व. २०८१ तथा ०८२ को वार्षिक प्रतिवेदन पारित गरेको छ ।

    साधारण सभाले आ.व. २०८१ तथा ०८२ को नाफा/नोक्सान हिसाब, नगद प्रवाह विवरण, वासलात हिसाब पारित गरेको छ भने आ.व. २०८२ तथा ०८३ को लेखा परीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने सम्बन्ध, निर्वाचन सम्बन्धलगायतका प्रस्तावहरू साधारण सभामा पारित भएका छन् ।

    साधारण सभामा जनाइएअनुसार आयोजनाको अनुमानित लागत रु. २.३०४ करोड रहेकोमा रु. १.७२८ करोड कर्जा तथा रु. ५७६ करोड शेयर पूँजीबाट खर्च गर्ने योजना रहेको कम्पनीले जनाएको छ ।

    कम्पनीको २०८२ असार मसान्तसम्मको अधिकृत रु. ६,७०,००,००,०००।०० चुक्ता पूँजी रु. ६,७०,००,००,०००।०० नै रहेको छ भने जारी पूँजी रु. २,१४,०७,३५,५००।०० रहन गइ कम्पनीको कुल सम्पत्ति तथा कुल पूँजी तथा दायित्व १,०३,२५,००,८३०।०० हुन गएको छ ।

    साधारण सभामा दिइएको जानकारी अनुसार ४३१ जना संस्थापक शेयरधनीहरूबाट चुक्ता पूँजी प्राप्त भएको हो ।

    कम्पनीले ताप्लेजुङ जिल्लाको फुङिलङ नगरपालिका, मिक्वाखोला गाउँपालिका, मेरिडदेन गाउँपालिका र आठराई गाउँपालिका क्षेत्रमा अवस्थित तोमर मेवा जलविद्युत परियोजना ( १२८ मे.वा.) ले २०८५ असोजमा व्यावसायिक उत्पादनको प्रारम्भ गर्नेसमेत आयोजित साधारण सभामा जानकारी दिइयो ।

    Spark Hydro 9c .jpg

    साधारण सभामा शेयरधनीहरूबाट सोधिएका विभिन्न प्रश्नहरूको जवाफ सञ्चालक समितिले दिएको थियो भने यसैबीच साधारण सभाले आगामी कार्यकालका लागि कम्पनीको सञ्चालक सदस्यहरूमा सुदीपकुमार चौधरी, भानेन्द्र कुमार लिम्बु, नवराज राउत, हरिप्रसाद भट्ट, राजाराम खड्का, बमबहादुर थापा, ईश्वरीबहादुर अधिकारीलाई चयन गरेको छ । कम्पनी सचिवतर्फ पुन: राजकुमार श्रेष्ठ नियुक्त भएका छन् । त्यसैगरी अन्य विविध कार्यक्रमका साथमा साधारण सभा सम्पन्न भएको थियो ।

    Spark Hydro 9b .jpg


    प्रकाशित : मंगलबार, आषाढ ९ २०८३१०:१५
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार