
काठमाडौं । जगदम्बा मोटर्सले नयाँ टिभीएस एनटर्क १२५ रेस एक्सपी ब्लाज ब्लु स्कुटर सार्वजनिक गरेको छ ।
बुढानिलकण्ठ, काठमाडौंमा बिहीबार सार्वजनिक गरिएको सो स्कुटर युवाहरूको आकर्षण बन्ने विश्वास वितरक जगदम्बा मोटर्सले गरेको छ ।
सार्वजनिक कार्यक्रममा नयाँ भेरिएन्टमा आएको सो स्कुटरबारे जानकारी दिँदै कम्पनीले युवाहरू माझ आकर्षणको केन्द्र बन्ने विश्वास गरेको छ ।
युवाहरूलाई नै केन्द्रमा राखेर आकर्षक डिजाइन गरिएको समेत कम्पनीले जनाएको छ भने यसको ब्लेज ब्लु रङ स्पोर्टी ग्राफिक्स तथा धारिलो डिजाइनले स्कुटरलाई अझ आक्रामक र आकर्षक बनाएको कम्पनीले बताएको छ ।

स्कुटरले ५० के एम पि एल माइलेज र लाइफटाइम वारेन्टीजस्ता सुविधा प्रदान गर्ने भएकोले ग्राहकलाई पफमेन्ससँगै विश्वासनीयता र दीर्घकालीन स्वामित्वको आत्मविश्वास दिने कम्पनीले दाबी गरेको छ ।
सार्वजनिक समारोहमा जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक रौनियारले स्कुटरबारे जानकारी दिँदै युवाहरू आकर्षित हुने र रेसिङ क्षेत्रलाई उत्साहजनक बनाउने विश्वास व्यक्त गरे ।
सो स्कुटर भ्लगरहरूको लागि अझ आकर्षणको केन्द्र बन्ने विश्वास गरिएको छ भने स्कुटरबारे जानकारी लिन वा खरिद गर्नुपरे देशैभरि रहेको टिभिएसको आधिकारिक डिलर नेटवर्कमार्फत ग्राहकहरूले शोरुममा गइ लाभ उठाउनसमेत सकिने जङ्गदम्बा मोटर्सले बताएको छ ।
साथै सोही अवसरमा केही राइडरहरूले सो स्कुटर चलाएर बुढानिलकण्ठ क्षेत्र परिक्रमा समेत गरेका थिए ।


