२०८३, कार्तिक १४ गते शनिबार

“द बडी सप”को दोस्रो शाखा उद्घाटन

“द बडी सप”को दोस्रो शाखा उद्घाटन


  • मेरोभ्यूज
  • आषाढ ४, २०८३ बिहीबार

  • Badi Shop 4b .jpg

    ललितपुर । ललितपुरको लबिम मलमा गुणस्तरीय सौँन्दर्य सामाग्रीहरुसहितको “द बडी सप”को दोस्रो शाखाको सुरुवात गरिएको छ ।

    नेपालका लागि बेलायतका राजदूतले रोब फेनले बिहीबार राजधानीमा आयोजित कार्यक्रमकाबीच उक्त सौँन्दर्य सामाग्रीहरुसहितको दोस्रो शाखाको उद्घाटन गरेको हो ।

    उनले जनावर, पर्यावरणको संरक्षणको आवाजसँगै बेलायतको लण्डनमा स्थापित द बडी सपले नेपाली पर्यावरणप्रेमी उपभोक्ता समक्ष आइपुगेको बताए ।

    राजदूतले प्राकृतिक सौन्दर्य, यहाँको संरक्षित जनावर बाघलगायत सगरमाथाको देशका रुपमा चर्चित मुलुक नेपालमा द बडी सपका कारण जनावर र प्रकृतिको संरक्षणका लागि हामी ऐक्यवद्ध छौं भन्ने सन्देश दिने विचार व्यक्त गरे ।

    द बडी सपका व्यवस्थापक/निर्देशक सरु अर्याल प्रधानले सन् २०२१ मा दरवारमार्गमा स्थापना गरिएको उक्त व्यवसायको अनुभवले नेपालमा पनि गुणस्तरीय सौन्दर्य सामग्रीको खोजी गर्ने उपभोक्ता बढिरहेको जानकारी पाएपछि त्यसको शाखा लबिम मलमा पनि खोलिएको बताए ।

    उनले द बडी सपबारे जानकारी दिंदै भने, “लण्डनमा स्थापित सौन्दर्य सामग्रीको यस ब्रान्डले व्यापार, व्यवसाय मात्र गर्दैन, अर्ग्यानिक उत्पादनमा आधारित सौन्दर्य सामग्री बनाउने हुनाले विश्वका ग्रामिण भेगका न्यून आय भएका महिलालाई अर्ग्यानिक बस्तु उत्पादमा प्रोत्साहन गर्दै रोजगारीमा महिलालाई प्राथमिकता पनि दिन्छ र यस धर्तीमा आएका सबै प्राणीको बाँच्ने हकको रक्षाको साथै पर्यावरणको प्रवर्धन पनि सँगसँगै गर्ने नारा बोकेकोले यस व्यवसाय मानव हितसँग पनि जोडिएको छ ।”

    निर्देशक प्रधानले बडी सपमा पाइने सामग्रीहरु विषादी र रासायनिक मलको प्रयोग नगरी उत्पादित फलफूलमा आधारित हुने भएकाले शरीरका छाला कपालमा लगाउँदा निक्कै राम्रो परिणाम दिन्छ, एक पटक द बडी सपका सामग्री उपभोग गरेका स्वदेशी तथा विदेशी उपभोक्ताको रोजाइमा परेर उपभोक्ताहरु खोजी/खोजी आउने गरेको अनुभव सुनाए ।

    उनले द बडी सपका सामग्री प्रयोग गर्दा विश्वका विपन्न महिलाहरुले कामको मूल्य पाउने, आफ्नो कपाल, छालाको स्वास्थ्य राम्रो पनि हुने र जनावर र जलवायु, पर्यावरणको रक्षा हुनेलगायतका फाइदा हुने भएकाले प्रचार सामग्री हेरर होइन, यहाँका सामग्री प्रयोग गरेर अनुभव बटुल्न आग्रह गरे ।

    द बडी सपका साझेदारका रुपमा आवद्ध गेट पेपर इन्डष्ट्रिजका मिलनदेव भट्टराईले द बडी सपका सबै सामग्रीहरु प्याकिङ गर्ने कागजका बट्टाहरु नेपालबाट निर्यात भइरहेको र विगत ३७ वर्षदेखिको साझेदारी कायम रहेको जानकारी दिए ।

    Badi Shop 4a .jpg


    प्रकाशित : बिहीबार , आषाढ ४ २०८३१०:४३
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार