२०८३, कार्तिक १४ गते शनिबार

सोलेडाँडामा ‘जडीबुटी पार्क’

सोलेडाँडामा ‘जडीबुटी पार्क’


  • मेरोभ्यूज
  • जेठ २६, २०८३ मंगलबार

  • सोलेडाँडामा ‘जडीबुटी पार्क’

     

    बागलुङ । बागलुङको तमानखोला गाउँपालिकाले पर्यटकीय क्षेत्र सोलेडाँडामा जडीबुटी पार्क निर्माण गरेको छ । गाउँपालिकाले सोलेडाँडाको करिब सात रोपनी क्षेत्रफलमा जडीबुटीका बिरुवा लगाएको हो ।

    प्राकृतिक सुन्दरताले भरिएको सोलेडाँडामा गाउँपालिकाले पर्यटकीय पूर्वाधारसँगै जडीबुटीको अनुसन्धान गर्न र पर्यटक आकर्षण गर्नका लागि पार्क निर्माण गरेको तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले बताए ।

    समुद्री सतहदेखि करिब दुई हजार ६३० मिटरको उचाइमा रहेको सोलेडाँडामा जडीबुटी राम्रो उत्पादन हुने उनको भनाइ छ ।

    गाउँपालिकाले अघिल्लो वर्षदेखि पार्कमा विभिन्न प्रजातिका जडीबुटीका बिरुवा लगाएको अध्यक्ष बुढामगरले बताए । सोलेडाँडा छेउँको जङ्गलमा तारबार लगाएर पार्क निर्माण गरी चिराइलो, अर्सोगन्धलगायत विभिन्न प्रजातिका जडीबुटी यहाँ लगाइएको उनको भनाइ छ ।

    “सोलेडाँडा आफैँमा पर्यटकीय क्षेत्र हो, यहाँ पछिल्लो समय उल्लेख्य पर्यटकको आगमन हुन थालेको छ, हामीले नयाँ सोचका साथ जडीबुटी पार्कसमेत बनाएका छौँ”, अध्यक्ष बुढामगरले भने, “अब सोलेडाँडा घुमफिर गर्ने र रमाउने ठाउँ मात्रै होइन, अनुसन्धान गर्ने क्षेत्रका रूपमा पनि विकास गर्ने उद्देश्यले जडीबुटी पार्क बनाएका हौँ, यहाँ अझै धेरै जडीबुटीका बिरुवा लगाउने योजनामा छौँ ।”

    गाउँपालिकाले जडीबुटी पार्कका लागि हालसम्म करिब रु सात लाखभन्दा बढी रकम खर्च गरिसकेको छ । पछिल्लो समय सोलेडाँडामा दैनिक सयौँ पर्यटक आउने गरेको स्थानीय तमबहादुर सिर्पालीले बताए । गाउँपालिकाले पर्यटन पूर्वाधारसहित सहिद पार्कलगायत पूर्वाधार निर्माणसँगै जडीबुटी पार्क बनाएपछि टाढाटाढाबाट अध्ययन अवलोकन गर्न आउनेको सङ्ख्यासमेत बढ्न थालेको उनको भनाइ छ ।

    -----


    प्रकाशित : मंगलबार, जेठ २६ २०८३१०:१७
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार