२०८३, कार्तिक १४ गते शनिबार

प्रहरी कार्यालयमा दाताको सहयोगमा नागरिक सहायता कक्ष भवन निर्माण

प्रहरी कार्यालयमा दाताको सहयोगमा नागरिक सहायता कक्ष भवन निर्माण


  • मेरोभ्यूज
  • जेठ १७, २०८३ आइतबार

  • प्रहरी कार्यालयमा दाताको सहयोगमा नागरिक सहायता कक्ष भवन निर्माण

     

    म्याग्दी । जिल्ला प्रहरी कार्यालयको परिसरमा नागरिक सहायता र प्रहरी परिचालन कक्षको भवन निर्माण भएको छ ।

    पैँतीस लाख रुपैयाँ बराबरको निर्माण सामग्री र सहयोग जुटाएर दुईतले भवन निर्माण गरेको कार्यालयले जनाएको छ । गत पुष महिनादेखि सुरु भएको भवन निर्माण सम्पन्न गरेर यसै हप्तादेखि प्रयोगमा ल्याइएको प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए । “पुरानो साँघुरो भवनबाट सेवा प्रवाहमा असहज भएपछि त्यसलाई भत्काएर नयाँ बनाइएको हो,” उनले भने, “सरकारी निकायको बजेट खर्च नगरी म्याग्दीमा निर्माणाधीन जलविद्युत आयोजना र दाताहरूको सहयोगबाट भवनका साथै प्रवेशद्वार र शौचालय निर्माण भएको छ ।”

    ३८ जना दाताहरूले उपलब्ध गराएको निर्माण सामग्री र नगदको विवरण भवनमा सूचना पाटी बनाएर सार्वजनिक गरिएको छ । नयाँ भवनको भुइँ तलामा सहायता कक्ष छ भने पहिलो तलामा बहुउद्देश्यीय सभाहल तथा बैठक कक्ष बनाइएको छ ।

    म्याग्दीखोला जलविद्युत आयोजनाको प्रवद्र्धक हाइड्रो भिलेजले चार लाख ७२ हजार चार सय ७८ रुपैयाँ, कालीगण्डकी गर्जले चार लाख रुपैयाँ, मध्य कालीगण्डकी जलविद्युत आयोजनाबाट दुई लाख २७ हजार एक सय ५० रुपैयाँ, डाडाखेत–राहुघाट प्रसारण लाइनबाट एक लाख ५५ हजार रुपैयाँ, र चितवन इनर्जीबाट एक लाख ५३ हजार रुपैयाँ बराबरको निर्माण सामग्री प्राप्त भएको कार्यालयले जनाएको छ ।

    भवन निर्माणमा मजदुरहरूको अलावा प्रहरी, कर्मचारी र निर्वाचन प्रहरीहरूले पनि श्रमदान गरेका प्र.ना.उ. थापाले बताए ।

    -----


    प्रकाशित : आइतबार, जेठ १७ २०८३१०:११
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार