२०८३, कार्तिक १३ गते शुक्रबार

एपीएफ रेस्क्यू वाच टावरमा विन सेन्सर डिभाइस जडान

एपीएफ रेस्क्यू वाच टावरमा विन सेन्सर डिभाइस जडान


  • मेरोभ्यूज
  • पौष २८, २०८१ आइतबार

  • एपीएफ रेस्क्यू वाच टावरमा विन सेन्सर डिभाइस जडान

    पोखरा । पोखराको फेवातालस्थित सशस्त्र प्रहरीको एपीएफ रेस्क्यू वाच टावर (APF Rescue Watch Tower) मा विन सेन्सर डिभाइस (Wind Sensor Device) जडान गरिएको छ ।

    अब फेवाताल वरपर हावापानीको गतिविधि सूचना तीन घण्टा अगाडि नै प्राप्त हुने हुँदा सराङकोटे हावाहुरीका कारण फेवातालमा हुने सम्भावित दुर्घटनालाई पूर्णरुपमा नियन्त्रणमा लिन सकिने सशस्त्र प्रहरी बल कालिका गण कास्की पोखराका गणपति एसपी अरुणकुमार शर्माले जानकारी दिए ।

    उक्त डिभाइस इसीमोड (ICIMOD) सँगको सहकार्यमा मिति २०८१ पुस २६ गते जडान गरिएको भएता पनि पू्णरुपमा संचालनमा आउन अझै दुई हप्ता लाग्ने र यसलाई सशस्त्र प्रहरी तथा नेपालको विपद प्रतिकार्य क्षमता अभिवृद्धिका लागि सूचनाको दृष्टिकोणबाट कोसेढुङ्गा सावित हुनेसमेत गणपति एसपी शर्माले बताए ।


    प्रकाशित : आइतबार, पौष २८ २०८११०:५६
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार