२०८३, कार्तिक १४ गते शनिबार

प्रचण्ड भन्छन्– परिवर्तन विरोधी संविधान खारेज गर्न खोज्दैछन्

प्रचण्ड भन्छन्– परिवर्तन विरोधी संविधान खारेज गर्न खोज्दैछन्


  • मेरोभ्यूज
  • आषाढ १३, २०७९ सोमबार

  • प्रचण्ड भन्छन्– परिवर्तन विरोधी संविधान खारेज गर्न खोज्दैछन्

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक परिवर्तनसँग मुलुक समृद्धिको यात्रा हिडिँरहेको दाबी गरेका छन् । नरबहादुर कर्मचार्य स्मृति प्रतिष्ठानले आज आयोजना गरेको ‘नेपालमा समाजवाद ः चुनौती र सम्भावना’ विषय विचार गोष्ठीमा उनले राजनीतिक परिवर्तन पछाडि दलहरुले केही गरेनन भन्नेमा कुनै सत्यता नरहेको जिकिर गरे । 

    “परिर्वतन पछाडि केही भएन, राजनीतिक दलहरुले केही पनि गरेनन् भन्ने सत्य होइन”, उनले भने, “नेपाली जनताको लामो संघर्ष र बलिदानपछि ऐतिहासिक महत्वका राजनीतिक परिवर्तन मात्रै होइन, त्यो परिवर्तनलाई संवैधानिक ढंगले संस्थागत गर्ने प्रक्रिया समेत संविधानसभाबाट भएको छ, यसलाई कम आक्नु हुँदैन ।”

    १० वर्षे जनयुद्धमा हजारौँको त्याग र बलिदानबाट नै मुलुकमा संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी, समानुपातिक मान्यता स्थापित भएको उल्लेख गर्दै उनले प्राप्त उपलब्धिलाई कमजोरी आक्नु इतिहासप्रति अन्याय हुने बताए । संविधानको प्रस्तावनामा नै मुलुक समाजवादउन्मुख दिशामा लैजाने विषय स्पष्टसँग लेखिएको स्मरण गराउँदै पूर्वप्रधानमन्त्री दाहालले नागरिकको जीवनस्तरलाई माथि उठाउन संविधानले धेरै महत्वपूर्ण मौलिक अधिकारका प्रावधान समावेश गरिएको बताए ।

    “प्राप्त उपलब्धिलाई खासै केही होइन, जनताले अहिले पनि केही पाएका छैनन् भनी व्याख्या गर्नु जनताले गरेको त्याग, तपस्या र बलिदानको जगबाट जुन परिवर्तन आएको छ, परिवर्तन र जनताको अपमान हुन्छ”, उनले भने, “तर हामी पूर्ण रुपमा सन्तुष्ट छैनौँ, संविधानमा व्यवस्था भए अनुसार ऐन बनाउन सकेका छैनौँ ।”

    अध्यक्ष दाहालले परिवर्तनलाई जनताको घर दैलोमा पुर्‍याउने र जनताले अनुभूत गर्ने गरी विकास र समृद्धि ल्याउनु पर्नेमा राजनीतिक नेतृत्वबीच समान सोच बन्न नसकेको बताए । “एकथरीलाई यो उपलब्धि मन परेको छैन, पविर्तन विरोधी तत्वहरु कही न कही संविधानलाई नै खारेज गर्न लागि परेका छन्”, प्रचण्डले भने । 


    प्रकाशित : सोमबार, आषाढ १३ २०७९०७:३९
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार