२०८३, कार्तिक १४ गते शनिबार

प्रचण्डको दाबी– आसन्न निर्वाचनमा माओवादी वामपन्थीतर्फ पहिलो

प्रचण्डको दाबी– आसन्न निर्वाचनमा माओवादी वामपन्थीतर्फ पहिलो

साउन १५ भित्र संघ र प्रदेशका उम्मेदवारको टुंगो


  • मेरोभ्यूज
  • आषाढ ९, २०७९ बिहीबार

  • प्रचण्डको दाबी– आसन्न निर्वाचनमा माओवादी वामपन्थीतर्फ पहिलो

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न संघ र प्रदेशको निर्वाचनमा माओवादी वामपन्थीतर्फ पहिलो शक्ति बन्ने दाबी गरेका छन् । 

    माओवादी केन्द्र जिल्ला समन्वय समिति ललितपुरले आज आयोजना गरेको स्थानीय तहमा निर्वाचित जनप्रतिनिधलाई सम्मान तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले माओवादी ‘लेफ्ट’तर्फ पहिलो र देशकै दोस्रो ठूलो पार्टी बन्ने दाबी गरे । 

    “स्थानीय तह निर्वाचनमा वामपन्थी भित्रको पहिलो शक्ति हुने सम्भावना थियो, २०७४ को निर्वाचनमा जितेका पालिका यसपटक गुमायौँ”, उनले भने, “संघ र प्रदेशमा वामपन्थीभित्र पहिलो शक्ति हुने सम्भावना छ । त्यसका लागि आजैदेखि मेहनत गर्नुस् ।” 

    माओवादीको नेतृत्वमा मुलुक परिवर्तन भएको उल्लेख गर्दै उनले माओवादीले ल्याएको परिवर्तनका बारेमा जनतालाई बुझाउनुपर्ने बताए । “अब हामी जनताको घरघरमा जानुपर्छ, माओवादीको एजेण्डा भन्नुस्, माओवादीले ल्याएका परिवर्तनका बारेमा जानकारी गराउनुस्”, अध्यक्ष दाहालले भने । 

    गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा पाँच दलीय गठबन्धनको भर गर्दा केही स्थानमा हार व्यहोर्नु परेको उल्लेख गर्दै उहाँले अबको निर्वाचनमा गठबन्धन भए पनि आफ्नो खुट्टामा दह्रोसँग उभिनुपर्ने बताए । “गठबन्धनबाट स्थानीय तह निर्वाचन लडियो”, उनले भने, “अब गठबन्धनको भर पर्ने भन्दा पनि आफ्नो खुट्टामा उभिनुपर्छ ।”

    उनले स्थानीय तहमा सोचेजति परिणाम नआएपनि अनिश्चिचताका बीच भएको निर्वाचनबाट माओवादीको जित भएको बताए । “स्थानीय तहमा सोचेजति परिणाम आएन, तर तोकिएको समयमा निर्वाचन हुनु माओवादीको जित हो”, उनले भने, “संघीय लोकतान्त्रिक गणतन्त्रको संरचनाभित्र स्थानीय तहको निर्वाचन हुनु माओवादीको जित हो । निर्वाचन हुन्छ कि हुँदैन भन्ने दोधारका बीच निर्वाचन भयो ।”

    अध्यक्ष दाहालले आगामी साउन १५ भित्र आसन्न संघ र प्रदेश निर्वाचनका उम्मेदवार टुङ्ग्याउने बताए । लोकप्रिय र जनताको पक्षका काम गर्न सक्ने नेतालाई निर्वाचनमा उम्मेदवार बनाइने उनको भनाइ छ ।

    कार्यक्रममा माओवादी नेत्री एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, केन्द्रीय सदस्य, प्रदेश सदस्यलगायत नवनिर्वाचित जनप्रतिनिधिको उपस्थिति थियो । अध्यक्ष दाहालले ५० भन्दा बढी जनप्रतिधिलाई प्रशिक्षण दिएका थिए । कार्यक्रममा नेकपा (एमाले) नेता नवराज राई र वरिष्ठ मुटुरोग विशेषज्ञ डा कृष्ण श्रेष्ठ माओवादीमा प्रवेश गरेका थिए । 


    प्रकाशित : बिहीबार , आषाढ ९ २०७९०२:४६
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार