२०८३, कार्तिक १४ गते शनिबार

विन्ध्यवासिनी हाइड्रोपावरको आइपिओ आजदेखि खुला

विन्ध्यवासिनी हाइड्रोपावरको आइपिओ आजदेखि खुला


  • मेरोभ्यूज
  • जेठ २०, २०७९ शुक्रबार

  • विन्ध्यवासिनी हाइड्रोपावरको आइपिओ आजदेखि खुला

    काठमाडाैं । आजदेखि विन्ध्यवासिनी हाइड्रोपावरको आइपीओमा आवेदन दिन पाइने भएको छ । कम्पनीले १५ करोड रुपैयाँ बराबरको आइपीओ आजदेखि भर्न पाइने भएको हो । 

    प्रतिकित्ता १०० अंकित मूल्यका दरले १५ लाख कित्ता साधारण सेयर निष्कासन गर्नेछ । यो मध्ये ५ प्रतिशत अर्थात् ७५ हजार कित्ता सामूहिक लगानी कोष र ४ प्रतिशत अर्थात् ६० हजार कित्ता सेयर कर्मचारीहरूका लागि छुट्याइएको छ । बाँकी १३ लाख ६५ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

    विन्ध्यवासिनीको आइपीओमा जेठ २५ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा असार ३ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । आइपीओमा सानिमा क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।


    प्रकाशित : शुक्रबार, जेठ २० २०७९०९:१७
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार