२०८३, कार्तिक १४ गते शनिबार

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँले घट्यो

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँले घट्यो


  • मेरोभ्यूज
  • जेठ १९, २०७९ बिहीबार

  • पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँले घट्यो

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले आजराति १२ बजेदेखि लागू हुने गरी पेट्रोल,  डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर रु १० घटाएको हो । मूल्य घटेसँगै पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर रु १७०, डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर रु १५३ कामय भएको छ । 

    पेट्रोलियम पदार्थको मूल्यवृद्धिबाट जनजीवन प्रभावित भएको भन्दै सरकारले तत्कालका लागि पूर्वाधार कर बराबरको रकम पेट्रोलियम पदार्थको खुद्रा मूल्यमा समायोजन गर्न निगमलाई निर्देशन दिएको थियो । 

    खाना पकाउने एलपी ग्यास र हवाई इन्धन (आन्तरिक र अन्तर्राष्ट्रिय)को मूल्य भने यथावत राखिएको निगमले जनाएको छ । हाल एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर रु एक हजार ८००, हवाई इन्धन (आन्तरिक)को प्रतिलिटर रु १६६ र हवाई इन्धन (अन्तर्राष्ट्रिय) को मूल्य प्रतिलिटर एक रुपैयाँ ५४ पैसा अमेरिकी डलर छ । 


    प्रकाशित : बिहीबार , जेठ १९ २०७९०९:१७
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार