२०८३, कार्तिक १४ गते शनिबार

तारा एयरको जहाज दुर्घटनास्थलमा पुग्यो प्रहरी, मृतकको शव पोष्टर्माटमका लागि काठमाडौं ल्याइँदै

तारा एयरको जहाज दुर्घटनास्थलमा पुग्यो प्रहरी, मृतकको शव पोष्टर्माटमका लागि काठमाडौं ल्याइँदै


  • मेरोभ्यूज
  • जेठ १६, २०७९ सोमबार

  • तारा एयरको जहाज दुर्घटनास्थलमा पुग्यो प्रहरी,  मृतकको शव पोष्टर्माटमका लागि काठमाडौं ल्याइँदै

    काठमाडौं । पोखराबाट जोमसोमको लागि उडेको तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ मा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । घटनास्थलमा प्रहरी पुगिसकेको छ  । अहिले घटनास्थलमा मृतकको शव संकलनको काम भइरहेको छ ।

    मृतकको शव पोष्टमार्टमका लागि काठमाडौं ल्याइँदै छ । मृतकका शव चिनिने अवस्थामा रहेको प्रहरीले जनाएको छ । 

    Tara-Air-Crash-at-Mustang-4-1.jpg

    १९ यात्रु र चालक दलका ३ सदस्यसहित आइतबार बिहान ९ः५५ बजे पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको नाइन एन एइटी कलसाइनको जहाज १० बजेर ७ मिनेट जाँदा सम्पर्कविहीन भएको थियो ।

    सम्पर्क विहीन जहाजको खोजीका लागि आइतबार नै सुरक्षाकर्मी पठाइएको भए पनि प्रतिकूल मौसमका कारण खोजी तथा उद्धार प्रभावित भएको थियो । 

    Tara-Air-Crash-at-Mustang-2.jpg

    आज बिहान मात्र दुर्घटनास्थल पत्ता लागेको थियो । मुस्ताङको थासाङ गाउँपालिका–२ सानुसरे डाँडाको १४ हजार ५०० फिट उचाइमा दुर्घटनाग्रस्त अवस्थामा जहाज फेला परेको थियो । दुृर्घटनामा परी जहाजमा सवार २२ जनाको ज्यान गएको छ । 

    Tara-Air-Crash-at-Mustang-3.jpg

    तस्वीर: सशस्त्र प्रहरी बल


    प्रकाशित : सोमबार, जेठ १६ २०७९०२:३८
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार