२०८३, कार्तिक १४ गते शनिबार

पोखरा महानगरमा अघि बढे धनराज, एमालेका कृष्ण थापा पछ्याउँदै

पोखरा महानगरमा अघि बढे धनराज, एमालेका कृष्ण थापा पछ्याउँदै


  • मेरोभ्यूज
  • जेठ ८, २०७९ आइतबार

  • पोखरा महानगरमा अघि बढे धनराज, एमालेका कृष्ण थापा पछ्याउँदै

    पाेखरा । स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकाको प्रमुखमा सत्ता गठबन्धन र उपप्रमुखमा नेकपा (एमाले)का उम्मेदवारले अग्रता लिएका छन् । हालसम्म एक लाख एक हजार १२१ मतगणना हुँदा गठबन्धनबाट प्रमुख पदका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले ४० हजार ४३४ मत प्राप्त गरेका छन्।

    त्यसैगरी एमालेका प्रमुख पदका उम्मेदवार कृष्णबहादुर थापाले ३७ हजार १७४ मत प्राप्त गरेका छन् । गठबन्धनका आचार्यले तीन हजार २६० मतान्तरसहित अग्रता हासिल गरिरहेका छन् । उपप्रमुखमा नेकपा एमालेकी मञ्जुदेवी गुरुङ ४२ हजार ३१६ मतसहित अघि छिन् भने गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार कोपिला रानाभाटले ४० हजार ७०४ मतसहित उनलाई पछ्याइरहेकी छिन् । 


    प्रकाशित : आइतबार, जेठ ८ २०७९०८:५०
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार