२०८३, कार्तिक १४ गते शनिबार

गठबन्धनले एमालेको विजय यात्रा रोक्न सक्दैनः सुरेन्द्र पाण्डे

गठबन्धनले एमालेको विजय यात्रा रोक्न सक्दैनः सुरेन्द्र पाण्डे


  • मेरोभ्यूज
  • बैशाख १८, २०७९ आइतबार

  • गठबन्धनले एमालेको विजय यात्रा रोक्न सक्दैनः सुरेन्द्र पाण्डे

    रत्ननगर । नेकपा (एमाले)का केन्द्रीय उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले पाँच दलीय गठबन्धनले एमालेको विजय यात्रालाई रोक्न नसक्ने बताएका छन् । रत्ननगर नगरपालिका–६ बछौलीमा एमालेको पार्टी कार्यालय उद्घाटन गर्दै पाण्डेले पाँच दलीय गठबन्धन धर्मराएको बताए ।

    एमालेको शक्ति अझै बलियो रहेको भन्दै उनले पाँच दलको गठबन्धनले एमालेको विजय यात्रालाई रोक्न नसक्ने बताए । ‘विकास गर्ने एक मात्र पार्टी एमाले हो’, उनले भने, ‘यो कुरा जनतालाई बुझाउन सकियो भने मात्र एमालेले निर्वाचन जित्ने छ ।’

    एमाले केन्द्रीय सदस्य कपिल पोखरेलले पाँच दलीय गठबन्धनले एमालेलाई हराउन नसक्ने बताए । प्रवासी नेपाली संघ भारतका केन्द्रीय सदस्य दुर्गादत्त पौडेलले संकटमा परेका प्रवासी नेपालीको संरक्षण गर्ने एकमात्र पार्टी एमाले रहेको भन्दै यसले मात्र जनताको हित गर्ने बताए । 

    कार्यक्रममा एमालेबाट वडाध्यक्षका उम्मेदवार लोकराज भुसाल, सदस्यका उम्मेदवार विष्णु थापा, अनिता भुसाल, महिला सदस्य बुधनी चौधरी, दलित महिला सदस्य गीता परियारसहित पार्टीका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो । वडा कमिटी अध्यक्ष रामचन्द्र सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष कृष्ण खत्रीले स्वागत मन्तव्य राखेका थिए ।

    रत्ननगर–३ मा घरदैलोको उद्घाटन 
    रत्ननगरको बेल्सीबाट वडा नं ३ को घरदैलो उद्घाटन गरिएको छ । रत्ननगर नगरपालिकाको मेयर पदकी उमेदवार विमलादेवी दुवाडीले आफू रत्ननगरको उपमेयर रहँदा सम्पन्न नभएका अधुरा काम मेयर पदमा जितेपछि पुरा गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरिन् । 

    उनले भनिन्, ‘ठूला बाटोहरु बनिसकेकाछन्, अब शाखा र गल्ली बाटोहरु बनाउन बाँकी छन् । ती बाटोहरु पनि चाँडै नै कालोपत्रे बन्नेछन् ।’ केही स्थानमा ढलहरु पनि बनाउन बाँकी रहेकाले ढल निर्माण कार्य सम्पन्न गरिसकेर मात्रै बाटो बनाउने योजना रहेको उनले बताइन् । 


    प्रकाशित : आइतबार, बैशाख १८ २०७९०७:०२
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार