२०८३, कार्तिक १४ गते शनिबार

पोखरा महानगरपालिकामा गठबन्धन र नेकपा एमालेका तर्फबाट उम्मेदवारी दर्ता

पोखरा महानगरपालिकामा गठबन्धन र नेकपा एमालेका तर्फबाट उम्मेदवारी दर्ता


  • मेरोभ्यूज
  • बैशाख १२, २०७९ सोमबार

  • पोखरा महानगरपालिकामा गठबन्धन र नेकपा एमालेका तर्फबाट उम्मेदवारी दर्ता

    काठमाडाैं । पोखरा महानगरपालिकामा नेपाली कांग्रेस सहितका पाँच दलीय गठबन्धनका तर्फबाट महानगरपालिकाको प्रमुख पदमा धनराज आचार्य र उपप्रमुख पदमा कोपिला रानाभाटले उम्मेदवारी दर्ता गरेका छन् ।

    नेकपा (एमाले)का तर्फबाट प्रमुख पदमा कृष्ण थापा र उपप्रमुख पदमा मञ्जुदेवी गुरुङले उम्मेदवारी दर्ता गरेका हुन् । पार्टीका नेता तथा कार्यकर्ताको उपस्थितिमा सहिदचोकस्थित निर्वाचन अधिकृतको कार्यालयमा उनीहरूले उम्मेदवारी दर्ता गराए ।

    उम्मेदवारी दर्ताका क्रममा पत्रकारसँगको कुराकानीमा गठबन्धनका तर्फबाट प्रमुख पदका उम्मेदवार आचार्यले निर्वाचित भएसँगै पोखराको समुन्नति र आम पोखरेलीको अपेक्षा अनुरुप काम गर्ने प्रतिवद्धता व्यक्त गरे । नेकपा एमालेका तर्फबाट प्रमुख पदका उम्मेदवार थापाले निर्वाचित भएसँगै पोखरेलीको चाहना अनुरुप समृद्धि र विकासका लागि निरन्तर लाग्ने बताए ।


    प्रकाशित : सोमबार, बैशाख १२ २०७९०९:२८
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार