२०८३, कार्तिक १४ गते शनिबार

आम आदमीकाे झल्काे दिँदै एकीकृत समाजवादी, मासिक २०० युनिट बिजुली र १० हजार लिटर पानी निःशुल्क

आम आदमीकाे झल्काे दिँदै एकीकृत समाजवादी, मासिक २०० युनिट बिजुली र १० हजार लिटर पानी निःशुल्क


  • मेरोभ्यूज
  • बैशाख ६, २०७९ मंगलबार

  • आम आदमीकाे झल्काे दिँदै एकीकृत समाजवादी, मासिक २०० युनिट बिजुली र १० हजार लिटर पानी निःशुल्क

    काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले आसन्न स्थानीय तहको निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । आज यहाँ आयोजित समारोहमा अध्यक्ष माधवकुमार नेपालले घोषणापत्र सार्वजनिक गर्दै पार्टीका उम्मेदवारले नेतृत्व गरेका स्थानमा स्थानीय सरकारमार्फत प्रत्येक घरपरिवारलाई २०० युनिटसम्म बिजुली निःशुल्क दिने र यसका लागि सङ्घीय र प्रदेश तहका सरकारसँग आवश्यक समन्वय गरिने घोषणा गरे ।

    विद्युत् सेवा नपुगेका हरेक घरमा आधारभूत विद्युत् सेवा पुर्याइने भन्दै उनले स्थानीय सरकारको बजेटमा पहिलो प्राथमिकतामा स्वास्थ्य, शिक्षाका साथै खानेपानी निःशुल्क गर्ने योजना रहेको बताए । घोषणापत्रमा नेपाल नेतृत्वको सरकारले गरेका काम, विसं २०५१ मा एमालेको नौ महिने सरकारले गरेका आफ्नो गाउँ आफैँ बनाऔँलगायतका कार्यक्रम समावेश गरिएको छ ।

    स्थानीय सरकारका काममध्ये निःशुल्करूपमा आमजनतालाई स्वास्थ्योपचार उपलब्ध गराउने कुरालाई प्रमुख प्राथमिकता दिइने उल्लेख छ । उक्त पत्रमा भनिएको छ, “हावापछि पानी नै जीवन हो भन्ने तथ्यलाई मनन गरी स्वच्छ खानेपानीको सुविधा पुगेका पालिकाका हरेक घरपरिवारलाई मासिक पाँच हजार लिटर पानी निःशुल्करूपमा उपलब्ध गराइने छ । खानेपानी नपुगेका स्थानमा पिउने पानी अनिवार्यरूपमा पु¥याइने छ ।”

    एमालेबाट विद्रोह गरेर नयाँ पार्टी गठनका कारणलाई प्रष्ट पारिएको घोषणापत्रमा देशको आन्तरिक उत्पादनबिना आत्मनिर्भर तथा दिगो अर्थतन्त्रको विकास सम्भव छैन । कृषि उत्पादनपछि स्थानीय साधन–स्रोत प्रयोग गरेर सुरु गर्न सकिने औद्योगीकरण भनेको घरेलु तथा ग्रामीण उद्योग नै भएको उल्लेख छ । 

    घाेषणापत्रकाे पूर्णपाठः


    प्रकाशित : मंगलबार, बैशाख ६ २०७९१०:४०
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार