२०८३, कार्तिक १४ गते शनिबार

मौन अवधिमा देशभर मादक पदार्थको बिक्री वितरण र सेवनमा रोक लगाउने प्रस्ताव

मौन अवधिमा देशभर मादक पदार्थको बिक्री वितरण र सेवनमा रोक लगाउने प्रस्ताव


  • मेरोभ्यूज
  • बैशाख ६, २०७९ मंगलबार

  • मौन अवधिमा देशभर मादक पदार्थको बिक्री वितरण र सेवनमा रोक लगाउने प्रस्ताव

    काठमाडाैं । प्रमुख निर्वाचन आयुक्त दिनेकुमार थपलियाले मौन अवधिमा मतदातालाई प्रभावित पार्ने गतिविधि नहोस् भनेर मौन अवधिमा देशभर मादक पदार्थको बिक्री वितरण र सेवनमा रोक लगाउने प्रस्ताव गरेका छन् । 

    आसन्न स्थानीय तह निर्वाचनकाे सन्दर्भमा आज आयाेजित एक कार्यक्रममा उनले भने, ‘निर्वाचनको मौन अवधि भनेको चुप लागेर बस्ने अवधि हो। हामीले त्यसलाई बढी चलायमान हुने अवधि हो भनेर बुझिदिँयौं, यसमा फेरबदल गर्‍यौं, यसमा चलायमान गर्ने विविध तत्व हुन्छन्, मादक पदार्थको बिक्री वितरण र सेवनले मान्छेलाई चलायमान गराउँछ। मौन अवधि जारी भएपछि देशभरि नै मादक पदार्थको बिक्री वितरण र सेवनलाई निषेध र नियन्त्रण गरौं भन्ने प्रस्ताव अगाडि सारिएको छ ।’

    उनले निर्वाचन महँगो, खर्चिलो र भड्किलो हुँदै गएको, यसबाट सिद्धान्त र विचारभन्दा पनि सम्पत्ति र स्रोत साधनले निर्वाचन प्रभावित हुने खतरा बढ्यो भनेर व्यक्त चिन्तालाई सम्बोधन गर्न निर्वाचनमा हुने सबै खर्चलाई सीमाभित्र आबद्ध गरौं भनेर निर्वाचन खर्चको सीमा तोकिएको प्रस्ट पारे। 

    उनले स्वच्छ, मर्यादित र भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गर्ने वातावरण बनाउन सुधारका पहल लिइएको र उक्त सुधारका प्रयत्नलाई शङ्काको दृष्टिले हेर्ने प्रवृत्ति देखिएको बताए। 

    ‘कुनै परिवर्तन गर्न खोज्यो भने त्यसलाई सहजै पचाउने, कुनै नयाँ कार्यका थालनी गरियो भने त्यसलाई आफ्नो स्वार्थको सेरोफेरोबाट बुझ्न खोज्ने प्रवृत्तिका कारण निर्वाचन सुधारका कामलाई प्रभावकारी ढंगले बढाउनका लागि कहीँकतै असहज र अप्ठ्यारो भएको महसुस भएको छ,’ उनले भने। 


    प्रकाशित : मंगलबार, बैशाख ६ २०७९१०:०७
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार