२०८३, कार्तिक १४ गते शनिबार

मन्त्रिपरिषद् बैठक
माओवादी काेटाबाट चीनकाे राजदूतमा विष्णुपुकार श्रेष्ठ

माओवादी काेटाबाट चीनकाे राजदूतमा विष्णुपुकार श्रेष्ठ


  • मेरोभ्यूज
  • चैत्र २४, २०७८ बिहीबार

  • माओवादी काेटाबाट चीनकाे राजदूतमा विष्णुपुकार श्रेष्ठ

    काठमाडाैं । सरकारले विभिन्न मुलुकका लागि रिक्त स्थानमा २० राजदूत नियुक्तिकाे सिफारिश गरेकाे छ । बिहीबार बसेकाे मन्त्रिपरिषद् बैठकले १२ राजनीतिज्ञ र ७ परराष्ट्र सेवाका कर्मचारीलाई राजदूतमा सिफारिश गरेकाे हाे । 

    छिमेकी चीनकाे राजदूतमा विष्णुपुकार श्रेष्ठलाई नियुक्तिकाे सिफारिश गरिएकाे छ । उनलाई नेकपा (माओवादी केन्द्र)काे काेटाबाट चीनकाे राजदूतमा सिफारिश गरिएकाे हाे । श्रेष्ठ माओवादी केन्द्रकाे केन्द्रीय निर्वाचन आयाेगका प्रमुखसमेत हुन् । 

    यस्तै सरकारले दक्षिण अफ्रिकाका लागि दानबहादुर तामाङ,  स्पेनका लागि शर्मिला पराजुली ढकाल, श्रीलंकाका लागि वाशुदेव मिश्र, रूसका लागि मिलन तुलाधार, अष्ट्रेलियाका लागि कैलाश पोखरेल, मलेसियाका लागि डिल्लीराज पौडेल, इजरायलका लागि शान्ता रिजाल, दक्षिण कोरियाका लागि ज्योति प्याकुरेल, डेनमार्कका लागि प्राडा रामशुरज राय यादव, साउदी अरबका लागि नवराज सुवेदीलाई राजदूतमा सिफारिश गरेकाे छ ।

    नरेशविक्रम ढकाल राजदूतकाे सिफारिशमा परेका छन् । उनी कुन देशका लागि हाे भन्ने खुलेकाे छैन । यस्तै परराष्ट्र सेवाबाट घनश्याम भण्डारी, हरिशचन्द्र घिमिरे, तीर्थराज वाग्ले, डोरनाथ यादव, सुशीलकुमार लम्साल, भरत रेग्मी, निर्मलराज काफ्ले र दुर्गाबहादुर सुवेदीलाई राजदूतमा सिफारिस गरिएकाे छ ।

    राजदूतमा सिफारिस भएकाहरुको अब संसदीय सुनुवाइ हुनेछ र त्यहाँबाट नाम अनुमोदन भएमा सम्बन्धित देशको सहमति आएपछि राष्ट्रपतिले नियुक्ति गर्ने व्यवस्था छ ।


    प्रकाशित : बिहीबार , चैत्र २४ २०७८०९:०९
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार