२०८३, कार्तिक १४ गते शनिबार

समृद्ध नेपाल निर्माणमा सहयोग गर्न निजी क्षेत्रलाई मन्त्री भुसालको आग्रह

समृद्ध नेपाल निर्माणमा सहयोग गर्न निजी क्षेत्रलाई मन्त्री भुसालको आग्रह


  • मेरोभ्यूज
  • चैत्र २४, २०७८ बिहीबार

  • समृद्ध नेपाल निर्माणमा सहयोग गर्न निजी क्षेत्रलाई मन्त्री भुसालको आग्रह

    ललितपुर  । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले लोकतान्त्रिक मूल्य मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध नेपाल निर्माणका लागि निजी क्षेत्रलाई आग्रह गरेकी छिन् ।
     
    ललितपुर चेम्बर अफ कमर्सको दोस्रो वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले ठूलो राजनीतिक परिवर्तनपछि सार्वजनिक, निजी र सहकारी गरी तीन खम्बे अर्थनीति अबलम्बन गरी देशको आर्थिक विकास गर्र्न सकिन्न भन्ने लक्ष्य लिइएको स्मरण गरिन् ।

    चेम्बर अफ कमर्सले देशको आर्थिक विकासमा पुर्याएको योगदानको कदर गर्दै मन्त्री भुसालले भनिन्, “अर्थतन्त्रमा चेम्बरले पुर्याएको योगदान सरहानीय छ, आगामी दिनमा देशको आर्थिक विकासमा सफलता मिलोस् ।”

    उनले देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान गर्ने निजी क्षेत्रको सङ्गठन भए उपयुक्त हुन्थ्यो भन्ने आफूलाई लागेको बताइन्। मन्त्री भुसालले निजी क्षेत्रका जति वटा संस्था भए पनि देशको आर्थिक विकासमा मिलेर र समन्वय गरेर आफ्ना क्रियाकला बढाउने विश्वास व्यक्त गरिन्। उनले भनिन्, “सबै संस्था मिलेर आपसी सहकार्य गरेर अगाडि बढ्नु हुनेछ भन्ने मैले विश्वास राखेको छु ।”

    सो अवसरमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले निजी क्षेत्रका समस्यालाई सरकारले सम्बोधन गर्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा निरन्तर सरकारसँग सहकार्य गरेर अगाडि बढ्ने बताए । संस्थाका ललितपुर अध्यक्ष पुष्परत्न शाक्यले स्थानीय र केन्द्रीय सरकारका इकाइमा चेम्बरको प्रतिनिधित्व हुनुपर्ने माग गरे । 


    प्रकाशित : बिहीबार , चैत्र २४ २०७८०७:३८
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार