२०८३, कार्तिक १४ गते शनिबार

भ्रष्टचारीलाई पार्टीमा ठाउँ छैन : अध्यक्ष लिङ्देन

भ्रष्टचारीलाई पार्टीमा ठाउँ छैन : अध्यक्ष लिङ्देन


  • मेरोभ्यूज
  • चैत्र २२, २०७८ मंगलबार

  • भ्रष्टचारीलाई पार्टीमा ठाउँ छैन : अध्यक्ष लिङ्देन

    बागलुङ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीति सर्वोत्तम सेवा भएको बताएका छन् । यहाँ आज आयोजित आमसभामा उनले देश र जनताको सेवा गर्ने माध्यमका रुपमा राजनीतिलाई लिनुपर्ने उल्लेख गरे । अध्यक्ष लिङ्देनले लाभ र कमाइ लिन कोही राप्रपामा प्रवेश गरेका भए फर्किन सुझाव दिए ।

    “भ्रष्टचारीलाई राप्रपामा ठाउँ छैन, यो जनताको सेवक पार्टी हो”, उनले भने । राप्रपाले विकास र सुशासन दिने ठोकुवा गर्दै अध्यक्ष लिङ्देनले आसन्न स्थानीय चुनावमा आफ्ना उम्मेदवारलाई जिताउन आग्रह गरे । राप्रपाले चुनाव जित्ने स्थानीय तहमा आधारभूत शिक्षा र स्वाथ्य सेवा निःशुल्क बनाउने उनले बताए । 


    प्रकाशित : मंगलबार, चैत्र २२ २०७८०९:५१
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार