२०८३, कार्तिक १४ गते शनिबार

चितवनका सुकुम्बासीलाई प्रचण्डले लालपूर्जा वितरण गर्ने

चितवनका सुकुम्बासीलाई प्रचण्डले लालपूर्जा वितरण गर्ने


  • मेरोभ्यूज
  • चैत्र २२, २०७८ मंगलबार

  • चितवनका सुकुम्बासीलाई प्रचण्डले लालपूर्जा वितरण गर्ने

    चितवन । भरतपुर महानगरका दलित भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोबास गर्नेलाई राष्ट्रिय भुमि आयोग चितवनले लालपूर्जा वितरण गर्ने भएको छ ।

    भूमि आयोग चितवनका अध्यक्ष बद्री तिमिल्सिनाले भरतपुर महानगरपालिका वडा नम्बर २ का भूमिहिनहरुको रातो पुर्जा (लालपूर्जा) मा आज हस्ताक्षर गरि प्रक्रिया पूरा गरेसँगै यहाँका दलित भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोबासीले आफ्नै जग्गा पाउने भएका हुन् ।

    नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) आफैँ उपस्थित भएर लालपूर्जा वितरण गर्ने कार्यक्रम तय गरिएको आयोगका अध्यक्ष तिमिल्सीनाले जानकारी दिए ।

    चितवनको भरतपुर महानगरपालिकामा मात्र १० हजार २९ जना, माडी नगरमा ५ हजार ४५६, र कालिका नगरपालिकामा ५ हजार ५५९ जना र दलित भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोबास गर्नेले लालपूर्जाको माग गर्दै निवेदन दिएका छन् ।


    प्रकाशित : मंगलबार, चैत्र २२ २०७८०९:२४
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार