२०८३, कार्तिक १४ गते शनिबार

स्थानीय निर्वाचन २०७९
सामाजिक न्यायसहितको आर्थिक विकासका लागि माओवादी नेतृत्वलाई विजयी गराउन अपिल

सामाजिक न्यायसहितको आर्थिक विकासका लागि माओवादी नेतृत्वलाई विजयी गराउन अपिल


  • मेरोभ्यूज
  • चैत्र २२, २०७८ मंगलबार

  • सामाजिक न्यायसहितको आर्थिक विकासका लागि माओवादी नेतृत्वलाई विजयी गराउन अपिल

    काठमाडाैं । नेकपा (माओवादी केन्द्र)ले आगामी निर्वाचनलाई भौतिक उत्प्रेरणाको प्रभावमा नपरी सही नीति र नेतृत्वको छनोट गर्दै समाजवादउन्मुख समृद्धिको बाटोमा अगाडि बढ्न आम मतदाताहरुमा अपिल गरेको छ । स्थानीय तह निर्वाचन २०७९ का सन्दर्भमा आज विशेष अपिल सार्वजनिक गर्दै माओवादीले नीति र नेतृत्वबीचको अन्तरविरोधका कारण समस्या पैदा भएकाले सही नीति बोक्ने नेतृत्वलाई विजयी गराउन आग्रह गरेको हो । 

     एकाधिकारबाट पीडित, निराश र निमुखा बन्दै गएका जनसमुदायको विशाल हिस्सालाई आर्थिक सामाजिक विकासको साझेदार बनाउने र उनीहरुलाई प्रतिफलको हिस्सेदारसमेत बनाउने आफूहरुको विकास मोडेलबाट नै समाजवादउन्मुख समृद्धि सम्भव हुने माओवादीले अपिलमा भनेको छ । स्वाधीन र सार्वभौम राष्ट्रले मात्र सामाजिक न्यायसहितको समृद्धि हासिल गर्न सक्ने भन्दै माओवादीले आधारभूत स्वास्थ्य सेवा र विद्यालय शिक्षा निःशुल्क प्रदान, खाद्य सुरक्षा, आवास, रोजगारी, स्वच्छ वातावरण, जातीय, क्षेत्रीय एवं लैंगिक समानतालगायतका मौलिक हक समाजवादउन्मुख समृद्धिको अभियानसँगै पूर्णरुपले कार्यान्वयन हुँदै जाने विश्वास दिलाएको छ । जनक्रान्तिको रक्षा, राष्ट्रिय स्वाधीनताको सुदृढीकरण र सामाजिक न्यायसहितको आर्थिक विकासका लागि आफूहरुको नेतृत्व वर्तमानको अपरिहार्यता हुन गइरहेको माओवादीले दाबी गरेको छ । 

     माओवादीले ‘समाजवाद उन्मुख समृद्धिः आर्थिक विकास र सामाजिक न्यायमा अभिवृद्धि’, ‘एक पालिका, एक विशेष उत्पादन, एक वडा एक विशेष पहिचान’ नारा अघि सार्दै आफ्नो प्रतिबद्धतासमेत सार्वजनिक गरेको छ । सार्वजनिक, सामुदायिक (सहकारी) र निजी क्षेत्रको पहलकदमी र सहकार्यमा आधारित आर्थिक विकासको मोडेलबाट समाजवादउन्मुख समृद्धिको परिकल्पना गरिएको माओवादीले जनाएको छ । “नागरिकका  आधारभूत आवश्यकताको परिपूर्ति र गरिबी निवारण, वस्तु तथा सेवाको सहज आपूर्ति, उत्पादनमुखी  अर्थव्यवस्थाको निर्माण, रोजगारीका अवसरहरुको सिर्जना, विचौलियाहरुको भूमिकालाई न्यूनीकरण, वातावरणमैत्री विकास पूर्वाधार, आर्थिक सामाजिक तथा वातावरणीय विकासको सन्तुलन आदि हाम्रो विकास नीति र प्राथमिकता हुन्”, अपिलमा भनिएको छ । 

     समूह, सहकारी, परिवारमार्फत् आम जनतालाई आर्थिक विकासको साझेदार बनाउनु र प्रतिफलमा यथोचित प्रतिफलको सुनिश्चितता गर्दै समृद्ध र समानतामूलक समाज निर्माण हाम्रो आर्थिक विकासको केन्द्रीय सार रहेको उल्लेख गर्दै माओवादीले स्थानीय तहको प्रभावकारितालाई बढाउँदै समाजवादउन्मुख समृद्धिको दिशामा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ । माओवादीले कृषिमा आमूल सुधार, उद्यमशीलता विकास गरी रोजगारी सिर्जना, आधारभूत स्वास्थ्य सेवा निःशुल्क, निःशुल्क र गुणस्तरीय शिक्षा प्रदान गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेको छ । 

    माओवादीले अगाडि सारेका प्रतिबद्धताः


    प्रकाशित : मंगलबार, चैत्र २२ २०७८०८:३८
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार