२०८३, कार्तिक १४ गते शनिबार

पाटन–स्यूचाटार प्रसारण लाइन १ महिनाका लागि बन्द

पाटन–स्यूचाटार प्रसारण लाइन १ महिनाका लागि बन्द


  • मेरोभ्यूज
  • चैत्र २१, २०७८ सोमबार

  • पाटन–स्यूचाटार प्रसारण लाइन १ महिनाका लागि बन्द

    काठमाडौं । पाटन–स्यूचाटार ६६ केभी प्रसारण लाइन १ महिनाका लागि बन्द भएको छ । नेपाल विद्युत प्राधिकरणले पाटन–स्यूचाटार खण्डको लाइनको जिर्ण तथा पुराना कण्डक्टर बदलीका लागि सेवा बन्द भएको हो । 

    लाइन पुरानो र जीर्ण हुँदै गएकाले सेवाग्राहीलाई गुणस्तरीय, भरपर्दो सेवा प्रवाहको सुनिश्चितताका लागि विद्युत लाइन पुराना तथा जिर्ण कन्डक्टर बदली गर्न लागिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार शनिबार (२०७८ चैत ५ गते) बिहान ७ बजेदेखि लाइन बन्द गरी पुरानो र जिर्ण कन्डक्टर बदलीको काम सुरु भएको छ । लाइनको मर्मत तथा स्तरोन्नतिगर्न २०७९ बैशाख ४ गतेसम्म लाग्नेछ । प्रसारण लाइनको मर्मत तथा स्तरोन्नति  गर्ने अवधिभर दैनिक १२ घन्टा प्रसारण लाइन बन्द हुनेछ ।

    यो अवधिमा लाइनको प्रणालीमा विद्युत प्रबाह अनियमीत हुने हुँदा यसको असर विद्यमान टेकू ६६ केभी सबस्टेसनमा पर्नेछ सबस्टेसनमा पर्ने पनि प्राधिकरणले जनाएको छ । 


    प्रकाशित : सोमबार, चैत्र २१ २०७८०९:३९
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार