२०८३, कार्तिक १४ गते शनिबार

सिन्धुलीको मुसहर बस्तीका भूमिहिन दलितलाई लालपूर्जा वितरण

सिन्धुलीको मुसहर बस्तीका भूमिहिन दलितलाई लालपूर्जा वितरण


  • मेरोभ्यूज
  • चैत्र २०, २०७८ आइतबार

  • सिन्धुलीको मुसहर बस्तीका भूमिहिन दलितलाई लालपूर्जा वितरण

    काठमाडौं । संविधानमा व्यवस्था भएअनुसार भूमिहिन दलितलाई जग्गाको लालपूर्जा वितरणको काम सिन्धुलीको मुसहर बस्तीबाट शुरु गरिएको छ ।  राष्ट्रिय भूमि आयोग सिन्धुली जिल्ला समितिमार्फत दुधौली नगरपालिका वडा नं ९ को मुसहर बस्तीका १०६ भूमिहिन घर परिवारलाई लालपूर्जा वितरण गरिएको हो । 

    भूमिहिन दलितलाई लालपूर्जा वितरण कार्यक्रमको शुरुवात गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले सरकारले शुरु गरेको भूमिहिनलाई जग्गा वितरण गर्ने अभियानमा वास्तविक भूमिहिन कोहीपनि जग्गा पाउनबाट छुट्न नहुने बताइन् । भूमिहिनलाई भूमि उपलब्ध गराउने अभियानमा देश जुटिरहेको भन्दै उनले बारम्बार उठिरहने भूमिसम्बन्धी समस्या दिगो रुपमानै समाधान गर्न आफूहरु लागिरहेको पनि बताइन् ।

    उनले भनिन्, “सरकार संविधानको कार्यान्वयन र भूमिहिनलाई भूमि उपलब्ध गराउने काममा जुटिरहेको छ । भूमिहिन दलित र भूमिहिन सुकुम्बासीलाई लालपूर्जा वितरणको काम पनि अब राष्ट्रिय भूमि आयोगमार्फत शुरु भइसकेको छ, निर्वाचन आचारसंहितका कारण केही समय लालपूर्जा वितरणको काम रोकिने भए पनि निर्वाचन लगत्तै पुनः कामले तीव्रता पाउने छ भने देशभर रहेका गाउँब्लकको जग्गा नापी र लालपूर्जा वितरणको काम एक वर्षभित्र गरिसक्ने गरी काम शुरु गरिसकिएको छ ।”


    प्रकाशित : आइतबार, चैत्र २० २०७८०५:२३
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार