२०८३, कार्तिक १४ गते शनिबार

निर्वाचन आयाेगले अन्तिम मतदाता नामावली सार्वजनिक गर्ने

निर्वाचन आयाेगले अन्तिम मतदाता नामावली सार्वजनिक गर्ने


  • मेरोभ्यूज
  • चैत्र १३, २०७८ आइतबार

  • निर्वाचन आयाेगले अन्तिम मतदाता नामावली सार्वजनिक गर्ने

    काठमाडाैं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको अन्तिम मतदाता नामावली आज प्रकाशन गर्दैछ । वैशाख ३० गते हुने निर्वाचनका लागि मतदाताको अन्तिम नामावली आज प्रकाशन गर्ने आयोगले जनाएको हो ।

    नाम दोहोरिएका, मृत्यु भएकाहरूको समेत नाम हुन सक्ने भन्दै आयोगले दावी विरोधका लागि एक साताको समय दिएको थियो ।दावी विरोधपछि करिब एक लाख मतदाता सूचीबाट हटेको आयोगले जनाएको छ । अब एक करोड ७७ लाख भन्दा बढी मतदाता कायम भएका छन् ।

    आयोगले अन्तिम नामावली प्रकाशन गरेपछि नाम हेरफेर गर्न पाइने छैन । आयोगले ७५३ वडा, र ७७ वटै पालिका निर्वाचन कार्यालयको समन्वयमा अन्तिम मतदाता सूची तयार पारेको छ । २०७९ साल वैशाख २९ सम्ममा १८ वर्ष पुगेकालाई मतदाता नामावलीमा नाम भएका खण्डमा मतदान गर्न दिइने आयोगले बताएको छ ।


    प्रकाशित : आइतबार, चैत्र १३ २०७८१०:१६
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार