२०८३, कार्तिक १४ गते शनिबार

प्रतिगमनको खतरा अझै टरेको छैन : वरिष्ठ नेता श्रेष्ठ

प्रतिगमनको खतरा अझै टरेको छैन : वरिष्ठ नेता श्रेष्ठ


  • मेरोभ्यूज
  • चैत्र १२, २०७८ शनिबार

  • प्रतिगमनको खतरा अझै टरेको छैन : वरिष्ठ नेता श्रेष्ठ

    गोरखा । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले देशमा प्रतिगमनको खतराको अझै टरी नसकेको बताएका छन् ।

    बारपाक सुलिकोट गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन कार्यक्रमलाई आज सम्बोधन गर्दै उनले संविधान विरोधी शक्तिबाट देशमा प्रतिगमन खतरा बाँकी नै रहेको बताएका हुन् ।

    संविधानको रक्षाका लागि दलीय गठबन्धन गरेर अघि बढ्नु परेको उल्लेख गर्दै उनले अझै पनि केही राजनीतिक दल गठबन्धनमा विभाजन ल्याएर देशलाई प्रतिगमनतर्फ लैजान प्रयास गरिरहेको जिकिर गरे ।

    ‘प्रतिगमनको खतरा अझै टरेको छैन’, उनले भने, ‘शान्ति र संविधानको रक्षाका लागि सबै सचेत हुनु जरुरी छ ।’ नेता श्रेष्ठले जनमुखी विकास गरेर देशलाई परिवर्तन गर्नुपर्ने अहिलेको आवश्यकता रहेको बताए ।

    ‘नेपालको सङ्घीयता विशेष प्रकारको रहेको छ’, उनले भने, ‘सङ्घीयता स्थापित भएसँगै नेपाली जनताको अधिकार सङ्घ प्रदेश हुँदै गाउँसम्म पुगेको छ ।’

    माओवादी केन्द्रले सञ्चालन गरेको जनयुद्धले देशमा सङ्घीयता स्थापना गर्न महत्त्वपूर्ण भूमिका खेलेको कुरालाई कसैले नर्कान नसक्ने उल्लेख गर्दै उनले अब विकास र समृद्धिमार्फत सङ्घीयताको मर्म र भावना जनतालाई बुझाउनुपर्नेमा जोड दिए ।

    ‘सङ्घीयता स्थापनापछि त्यसको कार्यान्वयनमा केही कमीकमजोरी भएका छन्’, उनले भने, ‘त्यस्ता कमीकमजोरीलाई समीक्षा गर्दै जनताको घरदैलोमा पुग्नुपर्ने बेला आएको छ, अब हामीले जनतालाई बुझाउनु पनि पर्छ ।’


    प्रकाशित : शनिबार, चैत्र १२ २०७८१०:४३
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार