२०८३, कार्तिक १४ गते शनिबार

परिवर्तन ल्याउने माओवादी, रजाई गर्ने अन्य दल: मन्त्री पौडेल

परिवर्तन ल्याउने माओवादी, रजाई गर्ने अन्य दल: मन्त्री पौडेल


  • मेरोभ्यूज
  • चैत्र १२, २०७८ शनिबार

  • परिवर्तन ल्याउने माओवादी, रजाई गर्ने अन्य दल: मन्त्री पौडेल

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले जनताको संघर्षबाट प्राप्त उपलब्धि गुम्ने खतरा भएपछि पाँच दलीय गठबन्धन बनाउनुपरेको स्पष्ट पार्नुभएको छ । 

    नेकपा (माओवादी केन्द्र) बरेङ गाउँपालिकाले आज आयोजना गरेको वैचारिक–राजनीतिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले गणतन्त्र, संविधान, समानुपातिक समावेशी प्रतिनिधित्वलगायत उपलब्धिको रक्षाका लागि गठबन्धन बनाइएको बताए । 

    उनले अहिले समृद्धिको लागि समाजवादी क्रान्ति आवश्यक रहेको उल्लेख गर्दै माओवादीले ल्याइदिएको परिवर्तनमा अन्य दलहरुले रजाइ गरेको बताए । 

    “माओवादीको योगदानमा देशमा गणतन्त्र, धर्मनिरपेक्षता, समाजवाद उन्मुख संविधान, समानुपातिक प्रतिनिधित्वलगायत थुप्रै उपलब्धि भए, ती उपलब्धि गुम्ने खतरा आएपछि गठबन्धनको आवश्यकता बन्यो”, उनले भने, “माओवादीले ल्याएको उपलब्धिमा टेकेर माओवादीलाई नै गाली गर्नेहरुको कमी छैन, संविधान मिचेर दुई–दुई पटक संसद् विघटन गर्नेले उल्टै ठूला कुरा गरेको सुहाउँदैन ।”


    प्रकाशित : शनिबार, चैत्र १२ २०७८०९:२३
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार