२०८३, कार्तिक १४ गते शनिबार

नेपालकै ठूलो ‘भवन कीर्ति रत्न’ पुरस्कार राष्ट्रिय आविष्कार केन्द्रलाई

नेपालकै ठूलो ‘भवन कीर्ति रत्न’ पुरस्कार राष्ट्रिय आविष्कार केन्द्रलाई


  • मेरोभ्यूज
  • चैत्र १२, २०७८ शनिबार

  • नेपालकै ठूलो ‘भवन कीर्ति रत्न’ पुरस्कार  राष्ट्रिय आविष्कार केन्द्रलाई

    काठमाडौं । गैरआवासीय नेपाली संघ र बिबी फाउन्डेसनको संयुक्त पहलमा नेपालकै ठूलो धनराशिको पुरस्कार महावीर पुन तथा राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान गरिएको छ । 

    नेपालको विकासमा महावीर पुन तथा राष्ट्रिय आविष्कार केन्द्रले पुर्याएको योगदानको कदरस्वरुप गैरआवासीय नेपाली संघ तथा बीबी फाउन्डेसनद्वारा संयुक्तरुपमा अक्षरेपी एक करोड रुपैयाँको ‘भवन कीर्ति रत्न‘ पुरस्कार प्रदान गरिएको हो ।

    बिबी फाउण्डेसनका अध्यक्ष तथा टिबीआइ ग्रुपका अध्यक्ष एवं गैरआवसीय नेपाली संघका पूर्वअध्यक्ष भवन भट्टले शनिबार १० औं सम्मेलनका अवसरमा उक्त पुरस्कारको घोषणा गरेका हुन् । हरेक दुईदुई वर्षमा प्रदान गरिने ‘भवन कीर्ति रत्न’ पुरस्कार गैरआवासीय नेपाली संघको १०औं सम्मेलनका अवसरमा प्रथम पटक प्रदान गरिएको हो ।

    गैरअवासीय नेपाली संघको अभिभावकत्वमा पुरस्कारको कार्यविधि बनाएर बिबी फाउण्डेसनले नेपाल तथा नेपालीको लागि योगदान गर्ने नेपाली वा गैरआवासीय नेपाली व्यक्ति वा संस्थालाई गैरआवासीय नेपाली संघको सम्मेलनको अवसरमा प्रदान गरिने बिबी फाउण्डेसनले जनाएको छ ।

    बिबी फउण्डेसनका अध्यक्ष तथा टिबीआइ ग्रुपका अध्यक्ष एवं गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष  भट्टले नेपालमा तथा नेपाल बाहिर पनि नेपालको विकासको लागि धेरै मानिस काम गरिरहेका तथा उनीहरु कति जनाले नेपालको लागि राम्रो काम गर्न खोजिरहेका बताउँदै समाजको परिवर्तन गर्न खोजिरहेका सबै सकारात्मक ऊर्जालाई जोड्न यस पुरस्कारले भूमिका खेल्ने बताए । 


    प्रकाशित : शनिबार, चैत्र १२ २०७८०९:०८
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार