२०८३, कार्तिक १४ गते शनिबार

पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन तनहुँ जिल्ला अदालतकाे आदेश

पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन तनहुँ जिल्ला अदालतकाे आदेश


  • मेरोभ्यूज
  • चैत्र १०, २०७८ बिहीबार

  • पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन तनहुँ जिल्ला अदालतकाे आदेश

    काठमाडाैं । जिल्ला अदालत तनहुँले अभिनेता पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । बुधबार र बिहीबार भएको थुनछेक बहसपछि न्यायाधीश हरिशचन्द्र ढुंगानाको एकल इजलासले एक किशोरीमाथिको जबर्जस्ती करणीको अभियोगमा शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हाे । 

    अदालतको आदेशसँगै पललाई जिल्ला कारागार तनहुँमा पुर्पक्षका लागि थुनामा पठाइएको छ । 

    ‘… तत्काल प्राप्त प्रमाणका आधारमा विश्लेषण गर्दा प्रतिवादी पल शाह भन्ने पूर्णबिक्रम शाहले वर्ष १५ कि परिवर्तित नाम ०७८/०७९ ब्यास–१२ लाई ललाई फकाई विवाह गर्छु भनी प्रलोभन देखाई जबर्जस्ती करणी गरेको देखिन आएकाले पछि प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने गरी हाललाई निज प्रतिवादी पल शाह भन्ने पूर्णविक्रम शाहलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६७ को उपदफा (१) को खण्ड (ख) बमोजिम थुनामा राखी पुर्पक्ष गर्ने गरी रीतपूर्वक थुनुवा पूर्जी दिई कारागार कार्यालय, दमौली तनहुँमा पठाइदिनू’ आदेशमा भनिएको छ ।

    paul-shah-aadesh-1.jpg
    paul-shah-aadesh-2.jpg
    paul-shah-aadesh-3.jpg
    paul-shah-aadesh-4.jpg
    paul-shah-aadesh-5.jpg
    paul-shah-aadesh-6.jpg
    paul-shah-aadesh-7.jpg


    प्रकाशित : बिहीबार , चैत्र १० २०७८१०:१२
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार