२०८३, कार्तिक १४ गते शनिबार

अबको निर्वाचन माओवादीका लागि ब्याटल हो– अध्यक्ष प्रचण्ड

अबको निर्वाचन माओवादीका लागि ब्याटल हो– अध्यक्ष प्रचण्ड


  • मेरोभ्यूज
  • चैत्र ९, २०७८ बुधबार

  • अबको निर्वाचन माओवादीका लागि ब्याटल हो– अध्यक्ष प्रचण्ड

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले अबको निर्वाचन माओवादी केन्द्रका लागि ब्याटल भएको बताएका छन् । बुधबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टीका केन्द्रीय आयोगहरुको अन्तरक्रियात्मक संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले चुनाव फरक प्रकारको ब्याटल भएको बताएका हुन्।

    पार्टीका नेता कार्यकर्ताहरुले संगठन व्यवस्थित नगर्दा र अलि निष्क्रिय हुँदा प्रतिक्रियावादीहरुले कसरी आक्रमण गर्छन् भन्ने संसद् विघटनसम्मको घटनाले देखाएको भन्दै अध्यक्ष प्रचण्डले संसद् विघटनको घटना संविधान विघटन र परिवर्तनकामी शक्तिमाथिको आक्रमण भएको बताए ।

    आफूहरुले परिवर्तनको रक्षाका लागि अपील गरेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले संविधान, गणतन्त्र, संघीयता र समावेशी समानुपातिक जस्ता उपलब्धिहरुलाई जोगाउन आफूहरुले जित्नैपर्ने बताए । अहिलेको मुख्य काम स्थानीय तहको निर्वाचनमा सकारात्मक परिवर्तन ल्याउन पहल गर्नुपर्ने भन्दै उनले सबैले राजनीतिक र प्राविधिक रुपमा आफ्नो ठाउँबाट सक्रिय भूमिका खेल्नुपर्ने बताए ।

    पार्टीमा भएका असल, अनुशासित र विषयगत क्षेत्रका कुशल नेतालाई आयोगमा राखिएको भन्दै अध्यक्ष प्रचण्डले आयोगका सदस्यहरुलाई पार्टीका निर्वाचन केन्द्रित अस्थायी कमाण्डमा कार्यविभाजन गरेर जोडिन र फिल्डमा काम गर्न निर्देशन दिए । बैठकमा अनुशासन आयोगकाम सचिव अशोक रोकाया, लेखापरीक्षण आयोगका सचिव टेकनाथ आचार्य र निर्वाचन आयोगका सचिव प्रदीप पोखरेलले आ–आफ्नो आयोगको रिपोर्ट प्रस्तुत गरेका थिए । 


    प्रकाशित : बुधबार, चैत्र ९ २०७८०९:२६
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार