२०८३, कार्तिक १४ गते शनिबार

संवैधानिक आयाेगका नियुक्ति खारेजीकाे रिटमा सर्वाेच्चद्वारा कारण देखाउ आदेश

संवैधानिक आयाेगका नियुक्ति खारेजीकाे रिटमा सर्वाेच्चद्वारा कारण देखाउ आदेश


  • मेरोभ्यूज
  • चैत्र ९, २०७८ बुधबार

  • संवैधानिक आयाेगका नियुक्ति खारेजीकाे रिटमा सर्वाेच्चद्वारा कारण देखाउ आदेश

    काठमाडाैं । संवैधानिक आयोगमा भएका नियुक्ति खारेजीसम्बन्धी रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश गरेको छ । बुधबार बसेकाे संवैधानिक इजलाशले केपी शर्मा ओली नेतृत्वको सरकार रहेका बेला संवैधानिक परिषद्ले गरेका नियुक्तिविरूद्ध परेको रिटमा कारण देखाऊ आदेश जारी गरेको हाे । 

    ५२ जना संवपैधानिक पदाधिकारी नियुक्तिविरुद्ध परेको रिटमा बुधबार संवैधानिक इजलासले विपक्षीसँग लिखित जवाफ माग गरेको छ ।  कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीश मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, र ईश्वरप्रसाद खतिवडाको इजलासले राष्ट्रपति कार्यालय, संवैधानिक परिषद्लगायत निकायमा नियुक्तिको आधार र कारण पेश गर्न आदेश दिएको हो ।


    प्रकाशित : बुधबार, चैत्र ९ २०७८०६:४७
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार