२०८३, कार्तिक १४ गते शनिबार

एमालेको जनविरोधी भूमिकाका कारण मधेसका जनताले न्याय पाएनन्ः अध्यक्ष प्रचण्ड

एमालेको जनविरोधी भूमिकाका कारण मधेसका जनताले न्याय पाएनन्ः अध्यक्ष प्रचण्ड


  • मेरोभ्यूज
  • चैत्र ८, २०७८ मंगलबार

  • एमालेको जनविरोधी भूमिकाका कारण मधेसका जनताले न्याय पाएनन्ः अध्यक्ष प्रचण्ड

    जनकपुरधाम । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले एमालेको जनविरोधी भूमिकाका कारण मधेसका जनताले न्याय नपाएको बताएका छन् । नेपाली क्रान्तिमा मधेसको भूमिका अत्यन्तै महत्त्वपूर्ण रहेको स्मरण गर्दै उहाँले एमालेले विगतमा र अहिले पनि संसदमा नागरिकता विधेयक प्रस्तुत गर्न नदिएको बताए ।

    “सदनमा प्रतिपक्षीले नयाँ संबैधानिक न कानुनी कुनै आधार बिना सदन अबरुद्ध गरिरहेको छ। त्यो पनि प्रतिगमनकै निरन्तरता छ।” अध्यक्ष प्रचण्डले भने “म प्रधानमन्त्री हुँदा २ पटक मधेसी जनताको भावना अनुसार संशोधन प्रस्ताव दर्ता गरे, तर एमालेले त्यसलाई असफल पर्यो। तथाकथित कम्युनिस्ट भन्ने गैरकम्युनिष्टले नै मधेसी जनताको अधिकारमाथि खेलवाड गरेको छ। नागरिकता विधेयक पनि एमालेको कारण रोकिएको छ। हामीले जनतामा गएर यो भनिदिनु पर्छ।”

    पूर्वप्रधानमन्त्री दाहालले गठबन्धनको आश गरेर रिल्याक्स नगर्न र आफ्नो खुट्टा बलियो बनाउन कार्यकर्तालाई निर्देशनसमेत दिए । अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘यो निर्वाचन अरुको लागि चुनाव हाम्रो लागी जीवनमरणको विषय हो। हामी हार्दा देश हार्छ। अरु हार्दा देश जित्छ।” 

    डेढ दुई महिनामा मधेसलाई क्रान्तिकारीमय माओवादीमय बनाउनु पर्ने उनको भनाइ थियो । देशमा आएका सबै संकट मोचन गर्न माओवादी केन्द्रले पहलकदमी लिंदै आएको बताउँदै अध्यक्ष प्रचण्डले शान्ति प्रक्रिया, संविधानसभाको निर्वाचन, संविधान घोषण र संविधान कार्यान्वयनको लागि स्थानीय तहको निर्वाचन आरम्भ गर्न आवश्यक राष्ट्रिय एकता कायम गर्ने र आर्थिक विकासमा नयाँ आत्मविश्वास कायम हुने गरि ७.५५ आर्थिक वृद्धि आफ्नो पालामा भएको बताए ।

    “साराका सारा जनताका वर्गहरु गरिब किसान, मजदुर, भुमिहिन, महिला , दलित , जनजाति , हिमाली आदिवासी, सिमान्तकृत समुदाय सबै सबैलाई समावेशी र समानुपातिक प्रतिनिधित्व माओवादीको कारण भएको हो। यो कुरा जनताको बीचमा स्पष्ट गरौं । र आगामी दिनमा संविधानको कार्यान्वयन र आर्थिक विकासमार्फत समाजवादको ढोका खोल्ने काम माओवादीले गर्नुपर्छ, ” पूर्वप्रधानमन्त्री दाहालले भने । 


    प्रकाशित : मंगलबार, चैत्र ८ २०७८१०:५७
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार