२०८३, कार्तिक १४ गते शनिबार

सत्ता गठबन्धनलाई चुनावसम्म कायम राख्न तयार छौं : अध्यक्ष नेपाल

सत्ता गठबन्धनलाई चुनावसम्म कायम राख्न तयार छौं : अध्यक्ष नेपाल


  • मेरोभ्यूज
  • चैत्र ८, २०७८ मंगलबार

  • सत्ता गठबन्धनलाई चुनावसम्म कायम राख्न तयार छौं : अध्यक्ष नेपाल

    काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अहिलेको सत्ता गठबन्धनबीचको एकता स्थानीय तहको निर्वाचनसम्म कायमै रहने दाबी गरेका छन् । समाजवादी प्रेस सङ्गठन, नुवाकोटले विदुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा आज अध्यक्ष नेपालले तोकिएको मितिमा स्थानीय तहको चुनाव हुने र त्यसमा अहिले कायम रहेको सत्तारूढ गठबन्धनबीच चुनावी तालमेल कायम रहने विश्वास व्यक्त गरे ।

    उनका अनुसार शक्तिको उचित मूल्याङ्कन गर्दै चुनावी गठबन्धन र तालमेलका क्रममा अरु पार्टीको सहरामा नभई आफ्नै शक्तिको सहरामा चुनावमा उठ्न अहिले पार्टी कमिटी निर्माणलाई तीव्र बनाइएको छ ।

    “यो गठबन्धन छ महिना टिक्दैन भन्नेलाई आफ्नो पार्टी चुनावी गठबन्धनमा जान तयार छौँ”, उनले भने, “चुनावी गठबन्धनको नाममा अरुको सहारामा होइन, आफ्नो सहारामा चुनावमा उठ्नका लागि, आफ्नो शक्तिमा चुनावमा उठ्नका लागि, पार्टी कमिटी निर्माण गर्ने काममा जुटेका छाैं । शक्तिको उचित मूल्याङ्कन गर्दै वस्तुवादी भएर संयमता अपनाएर ‘अरुलाई पनि हामी, हामीलाई पनि अरु’ आवश्यक रहेको सन्देशका साथ चुनावी तालमेल गर्न लागेका छौँ ।”

    जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले अमेरिकी अनुदानको कार्यक्रम ‘एमसिसी’ संसद्बाट अनुमोदन गर्न आफ्नो पार्टीसहितको सत्तारूढ वाम पार्टीले जस्ताको तस्तै पास हुनबाट रोक्न सफल भएको बताए ।


    प्रकाशित : मंगलबार, चैत्र ८ २०७८१०:३१
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार