२०८३, कार्तिक १३ गते शुक्रबार

तीन तहका सरकारबीच समन्वय र अन्तरसम्बन्धका लागि विषयगत समितिको पहिलो बैठक सम्पन्न

तीन तहका सरकारबीच समन्वय र अन्तरसम्बन्धका लागि विषयगत समितिको पहिलो बैठक सम्पन्न


  • मेरोभ्यूज
  • चैत्र ८, २०७८ मंगलबार

  • तीन तहका सरकारबीच समन्वय र अन्तरसम्बन्धका लागि विषयगत समितिको पहिलो बैठक सम्पन्न

    काठमाडौं । संघ, प्रदेश र स्थानीय तहबीच समन्वय र अन्तरसम्बन्धका लागि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण विषयगत समितिको पहिलो बैठक आज मन्त्री शशी श्रेष्ठको अध्यक्षतामा बसेको छ । भूमि व्यवस्थापन प्रशिक्षण केन्द्र धुुलिखेलमा बसेको विषयगत समितिको बैठकमा सातै प्रदेशका विषयगत मन्त्रालयका मन्त्री र पदाधिकारीको सहभागिता रहेको थियो । 

    बैठकमा भूमिमन्त्री शशी श्रेष्ठले सङ्घीयताको प्रभावकारी कार्यान्वयनका लागि संघ, प्रदेश र स्थानीय तहको एकल र साझा अनुसूची कार्यान्वयन गर्न सबै प्रतिबद्ध हुनुपर्नेमा जोड दिइन् । मुलुक संघीयतामा गएको भए पनि अझैपनि केन्द्रीकृत मानसिकता रहेका कारण संघीयता कार्यान्वयनमा समस्या देखिएको भन्दै उनले आफ्नो अधिकार क्षेत्रभित्रका काम गर्न प्रदेश र स्थानीय तहले केन्द्रको मुख ताकेर बस्न नहुने बताइन् । 

    7Province.jpg

    आगामी आर्थिक वर्षको बजेट बनाउने तयारी भइरहेको सन्दर्भमा तीन तहबीचको अन्तर समन्वयका विषयमा भएको बैठक फलदायी हुने भन्दै मन्त्री श्रेष्ठले बैठकमा उठेका विषयलाई वजेट निर्माण गर्दा ध्यान दिने प्रतिबद्धता समेत व्यक्त गरिन् । 

    बैठकमा सात वटै प्रदेशका विषयगत मन्त्रालयका मन्त्रीहरुले संघ, प्रदेश र स्थानीय तहबीच समन्वय हुन नसक्दा काम गर्न अन्योलता बढिरहेको, कर्मचारी व्यस्थापन हुन नसकेको, समन्वय नहुँदा स्थानीय समस्या संघसम्म पु¥याउन र समस्या समाधान गर्न चुनौती थपिएको, प्रदेशका मन्त्रालयलाई कामकाजी बनाउन नसकिएको बताएका थिए । 


    प्रकाशित : मंगलबार, चैत्र ८ २०७८०९:४४
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार